०३ असार २०८३, बुधबार

प्रदेश नं ५ मा ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

असार २७, २०७५
प्रदेश नं ५ मा ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

बुटवल– प्रदेश नं ५ मा आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषिसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ । 

पशु बधशाला तथा मासु जाँच ऐन तर्जुमा, बीउबिजन ऐन तर्जुमा र दाना पदार्थ ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय गरिएको भौतिक पूर्वाधार योजनामन्त्री तथा प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । 

उनका अनुसार सहकारी ऐन तर्जुमा, कृषि व्यवसाय प्रर्वद्धन ऐन तर्जुमा, मल ऐन तर्जुमा र पशु स्वास्थ्य तथा पशु सेवा ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय भएका छन् । 

मन्त्री चौधरीले विभिन्न मन्त्रालय स्थानान्तरण सम्बन्धमा पनि छलफल भएको जानकारी पनि दिए । 

salt training

कमेन्ट गर्नुहोस्