कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं– राजधानी काठमाडौं उपत्यकामा दिनदहाडै हतियारको खरिद बिक्री हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
आइतवार विहान हतियार बेच्न हिँडेका तीनजना व्यक्ति ललितपुरबाट पक्राउ परेपछि राजधानीमा दिनदहाडै हतियार खरिद बिक्री हुने गरेको तथ्य सार्वजनिक भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार विहान ललितपुरबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको छ । काठमाडौं परिसरका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले ललितपुरको नख्खीपोटबाट जर्मनमेड पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापका कृष्णबहादुर जोशी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एकथान जर्मनमेड पेस्तोलसहित २ थान म्यागेजिन र त्यसमा लाग्ने ५ राउण्ड गोलीसमेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
पक्राउ परेका तीनैजनामाथि महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।
कहाँबाट आउँछ राजधानीमा हतियार ?
प्रहरी स्रोतका अनुसार आइतवार ललितपुरबाट बरामद भएको पेस्तोलमा जर्मन मेड लेखिएको छ । अर्थात् उक्त पेस्तोल जर्मनीमा बनेको हो ।
उक्त पेस्तोल भारतबाट नेपाल पुगेको प्रहरी स्रोतको भनाइ छ । ‘काठमाडौं उपत्यकामा यूएसस अमेरिका, जर्मन मेड र भारतमा बन्ने रिभल्बर बढी भेटिने गरेका छन्,’ हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘यी सबै हतियार भारतीय नाकाबाट नेपाल भित्रिएर काठमाडौं पुग्ने गर्छन् ।’
आइतवार बरामद भएको पेस्तोल करिब ३ वर्ष अगाडि भारतबाट नेपाल ल्याइएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
द्वन्द्वकालकामा लुकाइएका हतियार खोजेर खरिदबिक्री ?
महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी पोखरेल द्वन्द्वकालमा लुकाइएका हतियार अहिले खोजेर खरिद बिक्री गर्ने क्रम बढेको बताउँछन् । पछिल्लो समय सीमा नाकामा कडा चेकजाँज गरिन थालिएकाले तत्काल हतियार भित्र्याउन सकिने अवस्था नरहेको उनको दावी छ ।
‘अहिले भारतसँग जोडिएका कुनै पनि नाकाबाट हतियार भित्र्याउन सकिने अवस्था छैन,’ एसएसपी पोखरेल भन्छन्, ‘अहिले राजधानीमा देखा पर्न थालेका हतियारहरु द्वन्द्वकालमा लुकाएर राखिएका हतियार हुन सक्छन् ।’
एसएपी पोखरेलका अनुसार द्वन्द्वकालमा लुकाइएका सानाखाले हतियार (पेस्तोल) अहिले बिक्री गर्ने क्रम बढेको छ ।
भाडाको पेस्तोल देखाएर अवैध असुली
आइतवार पेस्तोलसहित पक्राउ परेका ३ जना यसअघि कुनै पनि अपराधिक कार्यमा संलग्न नभएको प्रहरी रेकर्डले देखाएको छ । तर उनीहरुले आफूसँग भएको हतियार भाडामा लगाउने गरेको प्रहरीका एक अधिकारी बताउँछन् ।
‘उनीहरुले दिएको प्रारम्भिक बयानअनुसार पेस्तोल भाडामा लगाउने गरेको देखिएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारी भन्छन्, ‘उनीहरुबाट पेस्तोल भाडामा लिनेहरुले अवैध रुपमा पैसा असुली गर्ने गरेको सूचना प्राप्त भएको छ ।’
प्रहरी स्रोतका अनुसार आइतवार पक्राउ परेकाहरुजस्तै राजधानीमा आधा दर्जनको संख्यामा हतियारको खरिदबिक्री गर्ने समूह सक्रिय छन् । उनीहरुले हतियार भाडामा लगाउनेदेखि खरिद बिक्री गर्नेसम्मका कार्य गर्छन् ।
क–कसले बोक्छन् हतियार ?
प्रहरी स्रोतका अनुसार राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक र धादिङका विभिन्न नदीबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरी तस्करी गर्नेदेखि सडक निर्माण गर्ने ठेकेदारसम्मले हतियार बोक्ने गरेका छन् । कतिपयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हतियार राखेका छन् भने धेरैसँग अवैध हतियार रहेको प्रहरीको भनाइ छ ।
यस्तै ठेकेदारबाट अवैध असुली गर्ने टोले गुण्डाहरुले समेत पछिल्लो समय हतियार बोक्ने गरेका छन् । टोले गुण्डाहरुले केही दिनका लागि भाडामा लिएर हतियार देखाइ अवैध असुली गर्ने गरेको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश बहादुर ऐर अवैध हतियार बोक्ने सबैको सूची बनाएर अनुसन्धान थालिने बताउँछन् । ‘सोमवार पक्राउ परेका तीनजनाबाट पनि केही सूचना पाइने अवस्था छ,’ एसएसपी ऐरले लोकान्तरसँग भने, ‘हामीले थप केही सूचनाका आधारमा अवैध हतियार बोक्ने अन्य व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...