०३ असार २०८३, बुधबार

सूर्य वरिपरि अनौठो दृश्य, आकाशमा के हुँदैछ ?

साउन १, २०७५
सूर्य वरिपरि अनौठो दृश्य, आकाशमा के हुँदैछ ?

काठमाडौं – कञ्चनपुरको बेलौरीका नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता पल्लबराज भट्टले मंगलबार दिउँसो आकाशतिर हेर्दा सूर्य वरिपरि अनौठो दृश्य देखे । उनीजस्तै अनौठो दृश्य देखेका अरुले पनि सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै तस्बिरबारे जिज्ञासा व्यक्त गरेका छन् ।

सूर्य परिवरि अनौठो. चक्रजस्तो बनेको र चक्रको अन्तिम घेरामा इन्द्रेणीजस्तो दृश्य देखिएको छ । जुन दृश्यले सर्वसाधारणमा आश्चर्यजनक प्रश्न जन्मिएको छ । सबैले देखिएको दृश्यको कारण र असरबारे जिज्ञासा राखिरहेका छन् ।

नेपाल खगोलीय समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले सूर्य वरिपरि देखिएको दृश्य ‘सोलार होलो’ भएको बताए ।

‘वायुमण्डलमा एकाएक तापक्रम घटबढ हुँदा यस्तो दृश्य देखिन्छ,’ उनले भने, ‘यो खगोलीय घटनाभन्दा पनि मौसमसँग सम्बन्धित घटना हो ।’ यस्तो दृश्य मध्यदिउँसो १२ बजे आसपास देखिने गरेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले त्यो चक्रजस्तो दृश्य सूर्यमा नभई बादल वरिपरि आकाशमा बनेको बताए । ‘पृथ्वीबाट हेर्दा सूर्यमा चक्र बनेको जस्तो देखिएको मात्रै हो, त्यो बादलका कारणले बनेको हो,’ उनले भने, ‘प्रकाश आवर्तन र परावर्तनका क्रममा यस्तो दृश्य बन्ने गर्छ ।’

नासोका अध्यक्ष भट्टराईले आकाशमा देखिएको दृश्य मनोरम र रमाइलो मात्रै भएको बताए । ‘त्यो दृश्यले कुनै असर र प्रभाव पार्दैन । हेरेर रमाइलो गर्ने मात्रै हो,’ उनले भने । मौसमविद् पौडेलले सूर्यबाट आउने प्रकाश बादलसँग ठोक्किएर त्यस्तो दृश्य देखिएपनि एकछिनपछि हराएर जाने बताए । ‘यस्तो दृश्यले वैज्ञानिक रुपमा कुनै असर गर्दैन,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्