काठमाडौं, ५ फागुन – २० गजलकारका ४ सय गजल समेटिएको गजल संग्रह कैफियत २ विमोचन हुने भएको छ । कैफियतका लागि देशभरबाट २० गजलकार छानिएका छन् ।

यसभन्दा पहिले कैफियत प्रकाशन भइसकेको छ । सांग्रिला बुक्सले शब्दघर र मधुवन साहित्य परिवारको सहकार्यमा विमोचन गर्न लागेको कार्यक्रममा गजलकारले गजल वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।
कार्यक्रम यही नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा फागुन ७ गते दिउँसो ३ बजे हुने जनाइएको छ ।