२६ असार २०८३, शुक्रबार

होन्डाले ल्यायो नयाँ एभिएटर स्कूटर

होन्डाले ल्यायो नयाँ एभिएटर स्कूटर

काठमाडौं – होन्डा मोटरसाइकल एन्ड स्कूटर कम्पनीले नयाँ मोडल एभिएटर सार्वजनिक गरेको छ । होन्डाले केही दिनअघि २०१८ होन्डा एक्टिभा आई स्कूटर पनि ल्याएको थियो । 

एभिएटरमा होन्डाले नयाँ फीचर राखेको छ । 

एभिएटरको नयाँ मोडलमा एलईडी हेडल्याम्प र पोजिसन ल्याम्प पनि हुनेछ । यसका साथै यसमा फोर इन वन लक हुनेछ जसले इग्निसन अन गर्नेछ र सीट पनि खोल्नेछ । मेटल प्रोटेक्टर पनि नयाँ मोडलमा छ । 

नयाँ फीचरबाहेक स्कूटरमा नयाँ कलर स्कीम पनि अफर गरिएको छ । नयाँ कलर पर्ल स्पार्टन रेड हुनेछ । 

होन्डाको नयाँ एभिएटर मोडलमा १०९ सीसी, सिंगल सिलिन्डर इन्जिन छ जुन ८ बीएचपी पावर र ८.९ न्युटन मिटरको टर्क जेनरेट गर्न सक्छ । 

स्कूटरको फ्रन्टमा १२ इन्चको पांग्रा छ र त्यसमा टेलिस्कोपिक सस्पेन्सन छ । 

अनि पछाडिको चक्का १० इन्चको छ र मोनोशक सस्पेन्सनसहितको छ । 

विकल्पका रूपमा फ्रन्ट डिस्क ब्रेक पनि अफर गरिएको छ । 

नयाँ मोडलले ८२ किलोमिटर प्रतिलिटरको टप स्पीड दिने कम्पनीको दाबी छ । 

होन्डाले यामाहा फासिनो स्कूटरलाई टक्कर दिन नयाँ मोडल ल्याएको बताइएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्