×

NMB BANK
NIC ASIA

जोशीको सुनुवाइले सांसदलाई 'सुरक्षा खतरा', नेकपाका ६ सहित ८ सांसदले लिए सुरक्षाकर्मी

साउन १६, २०७५

NTC
Premier Steels

काठमाडौं –  प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लिन ढिलाइ भइरहेको अवस्थामा संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूमाथि सुरक्षा चुनौती बढेको भन्दै सरकारले उनीहरूलाई सुरक्षा उपलब्ध गराएको छ ।

Muktinath Bank

सुरक्षा समन्वय महाशाखाले सांसदहरूमाथि सुरक्षा चुनौती रहेको विश्लेषण गरेपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले समिति सदस्यहरूलाई सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्रालयले मंगलबार राति नै निर्देशन दिए पनि बुधबार बिहान नेकपाका ६ सांसदलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा उपलब्ध गराएको छ । सांसदको सुरक्षामा ६ प्रहरी सहायक निरीक्षक (असई) खटिएका छन् ।


Advertisment
Nabil box
Kumari

सुरक्षा उपलब्ध गराइएका समिति सदस्यमा नेकपाका सांसदहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, सुमनराज प्याकुरेल, निरु पाल, अमृता थापा मगर र शिवकुमार मण्डल केवट छन् ।

Vianet communication

उनीहरूका अलावा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्ण र कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि नै सुरक्षा लिँदै आएका थिए ।

सांसद पालमाथि सांघातिक आक्रमणको प्रयास भएको विषय समितिको बुधबारको बैठकमा उठेको थियो । बैठकले समिति सदस्यहरूलाई सुरक्षा खतरा रहेको भन्दै सुरक्षा उपलब्ध गराउन संसद सचिवालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

सरकारले १५ जना सदस्यलाई नै सुरक्षा उपलब्ध गराउने तयारी गरे पनि बाँकी सदस्यले सुरक्षा लिएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x