२२ असार २०८३, सोमबार

किन अस्वीकृत भए जोशी ? संसदीय सुनुवाइ समितिले दियो ६ कारण [बुँदासहित]

साउन १८, २०७५

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएका छन् ।

नेपालको इतिहासमा संवैधानिक परिषद्को सिफारिस सुनुवाइ समितिबाट अस्वीकृत भएको यो पहिलो पटक हो ।

समितिको दुईतिहाइ बहुमतले जोशीको नाम अस्वीकृत गरेको हो । बैठक बहिष्कार भन्दै कांग्रेस बाहिरिएपछि जोशीको पक्षमा एक मत पनि परेन ।

बैठकपछि समिति सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारण सञ्चारकर्मीलाई सुनाए ।

यस्ता छन् ५ वटा बुँदामा समेटिएका ६ कारण :

१. प्रधानन्यायाधीशमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने प्रश्नमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको ।

२. लिखित उजुरी र सार्वजनिक रूपमै प्राप्त आचरण, इमान्दारिता र कार्यक्षमतासम्बन्धी प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको ।

३. शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममिति पनि फरक–फरक रहेको देखिएको सम्बन्धमा यथेस्ट प्रमाण र सन्तोषजनक जवाफ दिन नसकेको ।

४. सार्वजनिक आचरण र कामकारवाही सम्बन्धमा पूर्वन्यायाधीश र न्यायाधीशहरूबाट नै लिखित रूपमा टिप्पणि गरेको पाइएको ।

५. सर्वोच्च अदालतमा रहेर कार्यसम्पादन गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिन सक्ने कुनै पनि काम गरेको दृष्टान्त पेश गर्न नसकेको ।

६. जोशी प्रधान्यायाधीश नियुक्त भएमा नेपालको न्यायालय स्वतन्त्र, निष्पक्ष, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने विषयमा समितिका सदस्यहरू विश्वस्त हुन नसकेको ।

तस्वीर : गगन अर्याल

salt training

कमेन्ट गर्नुहोस्