×

NMB BANK
NIC ASIA

अग्रलेख

प्रिय अभिभावक ! चिनेजानेकै हुन सक्छन् अपहरणकारी, बालबच्चा जोगाऔं

साउन २१, २०७५

NTC
Premier Steels

आइतवार काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको सोमवार बिहान भक्तपुरको नगदेशमा बिभत्स हत्या भयो ।

Muktinath Bank

फिरौती माग गर्दै अपहरणकारीले बालकको अपहरण गरे । अनि सोही दिन (प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार) हत्या गरे । काठमाडौं उपत्यकामा भएको यो डरलाग्दो घटनाले राजधानीको शान्ति सुरक्षामा प्रश्न उठेको छ । प्रहरीसँगको मुठभेडमा मारिएका अपहरणकारीबाट पेस्तोल बरामद भएको बताएको छ । यस्तै अबैध हतियारका कारण अपराधका घटना बढिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपहरणपछि बालकको हत्या भएको घटनाले आमअविभावकलाई झस्काइदिएको छ । घरबाहिर बालबालिका असुरक्षित छन् । राजधानीमा भएको अपहरणको घटना यो नौलो होइन । बिगतमा पनि यस्तै खालका अपहरणका घटना हुने गरेका थिए । तर अपहरणको केही घण्टामै हत्या भएको थिएन । फिरौती रकमका लागि मोलतोल गरे पनि यति छिट्टै बालकको हत्या हुने गरेको थिएन ।


Advertisment
Nabil box
Kumari

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला ३ वर्षमा २ सय १३ अपहरणका उजुरी परेका छन् ।

Vianet communication

यस्तै प्रकृतिको घटना गतवर्ष पनि भएको थियो । २०७४ साउन १४ गते काठमाडौंको पकनाजोलस्थित सरस्वती माविमा यूकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीको स्कूलबाट फर्किंदै गर्दा अपहरण भएको थियो ।

प्रहरीको सक्रियताका कारण एक सातापछि उनको सकुशल उद्धार भयो । घटनामा बालकका बुवा विजय चौधरीका साथीहरू रामेछापका राजु विक र विष्णु पाण्डे संलग्न थिए ।

प्रहरीले काठमाडौंको काँडाघारीबाटै ती बालकको उद्धार गरेको थियो ।

विशाल चौधरीको अपहरण भएको एक वर्षपछि काँडाघारीका ११ वर्षीय निशान खड्काको अपहरण भयो । यो घटना पनि चिनजानकै व्यक्तिबाट भएको छ ।

निशानकी आमा होटल सञ्चालन गरेर बस्दै आएकी छिन् । बुवा कामका लागि मलेसियामा छन् ।

अपहरणमा संलग्न अजय तामाङ र गोपाल तामाङ केही वर्षदेखि चमेली खड्काको होटलका नियमित ग्राहक थिए । 

राजधानी शहर भए पनि काठमाडौं उपत्यकाको सुरक्षा भरपर्दो छैन । सामाजिक सुरक्षा खस्किदो छ । तर बालबालिका खुल्ला ठाउँमा खेल्न खोज्छन् ।

यस्तो अवस्थामा आफ्ना बालबालिकाको सुरक्षा गर्नु अविभावकको दायित्व हुन आउँछ ।

सकेसम्म बालबालिकालाई एक्लै खेल्न नछाडिदिउँ । चिनेजानेकासँग पनि सतर्क रहौं । बालबालिकालाई जोगाऔं ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x