
काठमाडौं — सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकले नयाँ फीचर ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार, फेसबूकमा थिंग्स इन कमन नामक नयाँ फीचर ल्याउन लागिएको हो ।
यसको परीक्षण चलिरहेको छ र यो मानिसहरूको कमेन्ट सेक्सनमा देखिनेछ ।
रिपोर्टहरूका अनुसार, पब्लिक कमेन्टहरूमा थिंग्स इन कमन देखिनेछ । उदाहरणका रूपमा कुनै फेसबूक पेजमा कुनै पोस्टमा तपाईंले कमेन्ट गर्नुभयो र अन्य धेरै मानिसले पनि कमेन्ट गरे । त्यही पोस्टको कमेन्टमा अर्को
प्रयोगकर्ताले कमेन्ट ग¥यो र ऊ तपाईंको कलेज वा अफिसको मानिस हो भने लेबलमार्फत जानकारी दिइनेछ । तपाईंको म्युचुअल फ्रेन्ड होइन रहेछ भने पनि तपाईंलाई बताउनेछ ।
यो फीचर अहिले केही अमेरिकी प्रयोगकर्ताहरूलाई परीक्षणका रूपमा देखाइएको छ । फेसबूकका अनुसार, यो फीचरको उद्देश्य मानिसलाई उनीहरूको रुचिको हिसाबमा जोड्नु हो । यसको विस्तृत जानकारी दिइएको छैन ।
एजेन्सी