फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
दुर्घटना प्रसङ्ग
तपाईले काठमाडौंको चक्रपथ देख्नुभएको छ ? प्रत्यक्ष नदेखेको भएपनि सामान्य जानकारी चाहिँ छ नै होला । चक्रपथमा पैदल यात्रुलाई सडक वारपार गर्न ‘जेब्रा क्रसिङ’ बनाइएका छन् । पैदल हिँडडुल गर्नेको सहजताका लागि मुख्य राजमार्ग र जिल्ला सदरमुकाम क्षेत्रमा पनि ‘जेब्रा क्रसिङ’ बनाइएका हुन्छन् ।
‘रेड लाइट सिग्नल’ उपलब्ध क्षेत्रबाहेक ‘जेब्रा क्रसिङ’बाट पैदल यात्रुले हिँड्दा सवारीसाधनले गाडी रोक्नुपर्ने, पैदल यात्रुलाई पहिला बाटो काट्न दिनुपर्ने मान्यता हुन्छ । यो सैद्धान्तिक पक्ष हो । व्यावहारिक रुपमा पनि अधिकांश सवारीसाधन चालकले पैदल यात्रुलाई बाटो काट्न दिएर मात्रै सवारीसाधन अगाडि बढाउँछन् ।
तर, सबै चालकले सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्दैनन् । त्यही भएर पैदल यात्रुले ‘जेब्रा क्रसिङ’बाट बाटो काट्दा पनि दायाँबायाँ हेर्नुपर्छ । ‘जेब्रा क्रसिङ’ पैदल यात्रुको प्राथमिकतामा पर्छ भनेर तपाई दायाँबायाँ नहेरी अगाडि बढ्नुभयो भने दुर्घटनामा परेर तपाईको ज्यान जान सक्छ । परबाट हुइँकिएर कुनै सवारीसाधन आइरहेको छ भने ‘जेब्रा क्रसिङ’मा तपाईको प्राथमिक अधिकार हुँदाहुँदै पनि तपाईले पाइला रोक्नुपर्छ । सैद्धान्तिक रुपमा सवारीसाधन चालकले रोक्नुपर्ने भएपनि तपाईले आत्मरक्षाका लागि पाइला रोक्नैपर्छ । यहाँ सैद्धान्तिकभन्दा व्यावहारिक पाटोलाई प्राथमिकता दिनुपर्छ, नदिए तपाईको ज्यान जान सक्छ ।
चोरी प्रसङ्ग
समाजमा चोरी लुटपाटका घटना हुनु हुँदैन । तपाईको घर पसलभित्र भएको सरसामानलाई चोरले चोर्नु अपराध हो । सरकारले चोरी र लुटपाट हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउनुपर्छ । यस्तो अपराध गर्नेलाई कारवाही गर्न कानूनी व्यवस्था छ र कारवाही भएका उदाहरण पनि छन् । यो सैद्धान्तिक व्यवस्था हुँदाहुँदै पनि तपाईले आफ्नो घर पसलमा ताल्चा लगाएर बन्द गर्ने गर्नुभएको छ । किनकि, व्यावहारिक रुपमा तपाईले पनि आफ्नो धनसम्पत्तिको सुरक्षा गर्न सावधानी अपनाउनुपर्छ ।
सैद्धान्तिक पक्षलाई मात्रै हेर्ने हो भने त तपाईले ताल्ला नलगाएपनि होला नि ! सैद्धान्तिक पाटो मात्रै हेर्ने हो भने पहिला त मान्छेले नै चोरी गर्नु हुँदैन, किनकि त्यो अपराध हो । दोस्रो देशमा सरकार छ, चोरी हुन नदिन सरकारले सुरक्षा दिनुपर्छ । अनि किन लगाउने त ताल्चा ? होइन, ताल्चा त लाउनैपर्छ भन्ने तपाईको राय हुनुपर्छ ।
तपाई शारीरिक रुपमा बलवान पुरुष हुँदाहुँदै पनि लाखौं रुपैयाँ झोलामा बोकेर जंगलको एकान्त बाटो हिँड्न सक्नुहुन्छ ? अवश्य सक्नुहुन्न । सैद्धान्तिक रुपमा हेर्दा तपाईले निर्धक्क रुपमा सुरक्षित महसुस गर्दै जतासुकै हिँड्न सक्ने गरी राज्यले वातावरण बनाउनुपर्ने होइन र ?
तपाईलाई सरकारले त्यस्तो वातावरण बनाएको छैन भन्ने लागेर नै तपाई एक्लै त्यसरी लाखौं रकम बोकेर हिँड्नुहुन्न । शुरूमा त बैंकिङ प्रणालीबाट रकम पठाउनुहुन्छ । तर, रकम बोकेरै जानुपर्ने अवस्था भए समूहमा आवश्यक सुरक्षा बन्दोबस्त मिलाएर हिँड्नुहुन्छ । व्यावहारिक रुपमा आफ्नो सुरक्षा व्यवस्थापन नमिलाए तपाई लुटिन सक्नुहुन्न, लुटेरासँगको झडपमा तपाईको ज्यान समेत जान सक्छ ।
बलात्कार प्रसङ्ग
आमाबुवाले घरमा छोरीहरूलाई ‘छोरी मान्छे एक्लै हिँड्नुहुन्न, रातबिरातसम्म बाहिरै बिताउनुहुन्न’ भन्छन् । पछिल्लो समयका केही छोरीहरूले आमाबुवाको यो भनाइलाई ‘पितृसत्तात्मक सोच’ भनेर टार्ने र विरोधमै उत्रिने प्रवृत्ति देखिन्छ । छोराहरूले हिँड्न हुने अनि छोरीहरूले हिँड्न किन नहुने ? घर भित्रैबाट छोरीमाथि भेदभाव र पक्षपात हुने गरेको सन्दर्भलाई बलियो देखाउन यस्ता उदाहरण दिने गरिएका छन् ।
के आमाबुवाले छोरीहरूलाई भेदभाव गरेरै एक्लै र रातबिरात नहिँड्न सुझाव दिएका हुन् त ? छोरी मान्छे अगाडि बढ्न नसकुन् भन्ने आमाबुवाको आशय होला त ? पटक्कै होइन । आमाबुवाको सुझावमा ‘पितृसत्तात्मक सोच’ नभई आत्मरक्षा गर्न छोरीलाई दिइएको सुझाव झल्किन्छ अर्थात् ‘मातृरक्षात्मक सोच’ । अभिभावकको सद्भावलाई भेदभावका रुपमा बुझ्दा आत्मरक्षाका लागि अपनाउनुपर्ने सावधानीको पाटोमा ध्यान दिनै छाडिएको छ ।
बलात्कारका घटना हुनुमा ३ वटा पक्ष दोषी देखिन्छन् । पहिलो – राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसक्नु, दोस्रो – पीडक व्यक्तिमा बलात्कारी मानसिकता हावी हुनु र तेस्रो पीडित व्यक्तिले आत्मरक्षाका लागि पूर्वसावधानी नअपनाउनु । व्यक्तिगत सुरक्षामा सबैभन्दा बढी चासो र चिन्ता सम्बन्धित व्यक्तिकै हुनुपर्छ ।
राज्यले सुरक्षा दिनुपर्ने दायित्व हुँदाहुँदै पनि त्यसमा पूर्णतः भर पर्न सकिन्न, त्यसैले आफ्नो तर्फबाट पनि पाइला–पाइलामा सावधानी अपनाउनुपर्छ । बलात्कारी मानसिकता अपराध हो र यस्तो मानसिकता राख्नु हुँदैन भन्ने प्रभावित पक्षको दृष्टिकोण ठीक भएपनि त्यो मानसिकतालाई नियन्त्रण गर्न सक्ने अधिकार र सुविधा पीडित पक्षमा हुँदैन । अपराधीको मानसिकतालाई प्रभावित पक्षले रोक्ने सुविधा हुँदैन ।
सम्भावित खतराबाट जोगिन प्रभावित वा पीडित हुन सक्ने व्यक्तिले पूर्ण सावधानी अपनाउन सक्ने सम्भावना चाहिँ रहन्छ । आफूले पूर्वसावधानीका उपाय अपनाउन सकियो भने बलात्कार लगायत जुनसुकै दुर्घटनाबाट पनि बच्न सकिन्छ । पूर्वसावधानी अपनाइएन भने महिला मात्रै होइन, पुरुषहरूले पनि लुटपाट र कुटपिटको शिकार हुनुपर्ने हुन्छ । पूर्वसावधानीले पूर्णतः अपराध नियन्त्रण गर्न नसकेपनि अपराधको मात्रा घटाउन अवश्य नै मद्दत पुर्याउन सक्छ ।
बलात्कारका सन्दर्भमा बहस गर्दा समाज सुधार्नुपर्ने तर्क र बलात्कारी मानसिकतालाई गाली गर्ने प्रवृत्ति खुबै देखिन्छ । तर, आत्मरक्षाका लागि सावधानीका उपाय अपनाउनेतिर खासै बहस भएको सुनिँदैन । मलाई सुरक्षित राख्न अरु कसैले वातावरण बनाइदिनुपर्नेभन्दा पहिला ‘म’ आफूले अपनाउनुपर्ने सावधानीतिर पनि सोच्ने कि ? मैले सावधानी अपनाएपछि समाजका अरु तत्वको पनि भूमिका त रहन्छ । तर, म सावधान हुने विषय प्रमुख हो । खतरा ‘म’ माथि जुनसुकै बेला पनि छ भने मैले सावधानी अपनाउनुपर्छ, पाइपा–पाइलामा ख्याल गर्नुपर्छ । यो विषयलाई त्रासको रुपमा होइन, सावधानी र सुरक्षाको रुपमा ग्रहण गरिनुपर्छ ।
व्यावहारिक भएर सोच्ने कि ?
बलात्कार हुन नदिन राज्य र सरकारको भूमिका पनि हुनुपर्छ र समाजको पनि । यो महत्त्वपूर्ण सैद्धान्तिक पाटो हुँदाहुँदै पनि व्यावहारिक रुपमा हेर्दा हरेक ‘म’ व्यक्तिले सावधानी अपनाउनुपर्ने पक्षले नकार्नु हुँदैन । राज्य र समाजले सुरक्षित वातावरण बनाउनुपर्ने हुँदाहुँदै पनि नबनाइदिएको अवस्थामा जोखिमलाई नजरअन्दाज गर्ने त ?
दुर्घटना, चोरी र लुटपाटका प्रसङ्गमा उल्लेख गरिएझैं सबैले व्यक्तिगत सुरक्षाका उपाय पनि अपनाउनुपर्छ । सैद्धान्तिक पाटोलाई देखाउँदै सरकार, समाज र पुरुषलाई गाली गर्नुले क्षणिक आत्मसन्तुष्टि त होला, तर समस्याको समाधानतिर लैजाँदैन । बलात्कार न्यूनिकरण गर्ने विषय आत्मसन्तुष्टिभन्दा पनि समाधान केन्द्रीत हुनुपर्छ । व्यक्तिगत सुरक्षामा ध्यान दिने विषयलाई भेदभाव र अवहेलनाको रुपमा होइन कि व्यक्तिगत कर्तव्यको रुपमा हेर्नुपर्छ ।
एउटा सत्य के हो भने बलात्कारलाई शून्यमा झार्न सकिँदैन । नेपालमा मात्रै होइन, विश्वभरिको उदाहरण हेर्दा हुन्छ । बलात्कारी मानसिकताले मौका पाउने बित्तिकै झम्टिहाल्छ । बलात्कारी मानसिकता अर्काेको मनको कुरा हो, त्यसलाई हामी पूर्णतः नियन्त्रण गर्न सक्दैनौं । तर, बलात्कारी मानसिकतालाई मौका नदिने अवस्था हामीले अधिकतम सिर्जना गर्न सक्छौं । मौका नमिले बलात्कारी मानसिकता आफैं बिलाएर जान्छ ।
लैङ्गिक समानताको कुरा गर्दा सुरक्षाका दृष्टिकोणले महिला र पुरुषले समान सुरक्षा व्यवस्था अपनाउँदा हुन्छ भन्ने हुँदैन । महिलालाई विशेष सुरक्षा र सावधानी आवश्यक हुन्छ । किनकि महिला र पुरुष फरक–फरक व्यक्ति हुन्, फरक–फरक शारीरिक बनावट छ । शारीरिक बनावटमै विभेद र विशेष भएको अवस्थामा समान सुरक्षा व्यवस्थाले कसरी पुग्ला ? समान उमेर र तौल समूहका महिला र पुरुषको तागत मापन गर्ने हो भने पनि प्रायः समान भेटिँदैन ।
खजाना र लाखौं रुपैयाँ बोकेर हिँडिरहेको पुरुषलाई विशेष सुरक्षा चाहिन्छ । सरकार र राज्य सञ्चालन गर्ने भूमिकामा रहेका मन्त्री प्रधानमन्त्रीलाई विशेष सुरक्षा चाहिन्छ । त्यसैगरी समाजमा महिलालाई पनि पुरुषको तुलनामा विशेष सुरक्षा चाहिन्छ । मानौ कि महिला समाजका ‘खजाना’ जस्तै हुन्, जसलाई डाकुहरूबाट खतरा भइरहन्छ । तसर्थ, आत्मरक्षाका लागि सरकार र समाज जत्तिकै आफूले पनि सचेत र सावधान हुनुपर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।
महिलाले घरबाहिर निस्कँदा दाजुभाइलाई अंगरक्षक (बडिगार्ड) बनाएर लैजाने सामाजिक संस्कृतिमा सुरक्षाको जिम्मेवारी लुकेको हुन्छ । जुन अभ्यासलाई हामी भेदभाव र हिनताका रुपमा प्रचार गर्दै गइरहेका छौं र त्यसलाई त्याग्दै गइरहेका छौं । तर, समाजमा स्थापित संस्कृतिहरू सुविचारित रुपमा अभ्यासमा आएका हुन्छन् भन्नेतर्फ हामीले ध्यान दिनै छाडेका छौं । अपराध न्यूनिकरणका लागि राज्य, समाज र अरु व्यक्तिलाई जिम्मेवार बनाउने सँगसँगै आफू पनि जिम्मेवार बनौं । बालबालिकाको सुरक्षामा अभिभावक सचेत बनौं ।
खुर्सानीको धुलो बोक्न सल्लाह !
महिला हिंसा, दुव्र्यवहार र बलात्कारका घटना नयाँ होइनन् र यस विषयमा हुने बहस पनि पूरानै हुन् । २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डलमा योगप्रसाद उपाध्याय गृहमन्त्री थिए । उनी महिला सम्बन्धी एउटा कार्यक्रममा अतिथि भएर गएछन् ।
महिलामाथि हुने दुव्र्यवहार न्यूनिकरणका लागि कार्यक्रममा बोल्दै गृहमन्त्री उपाध्यायले सुझाव दिए – महिलाले खुर्सानीको धुलो बोकेर हिँड्नुहोला, कसैले केही दायाँबायाँ गर्न थाले आँखामा धुलो हालिदिनुहोला । महिलाले व्यक्तिगत सुरक्षाका लागि केही उपाय अपनाउनुपर्ने उनको आशय थियो ।
तर, कार्यक्रममा सहभागी महिला अधिकारकर्मीले त्यसको विरोध गरे । सरकारले सुरक्षा व्यवस्था मिलाउनुपर्ने बेला खुर्सानीको धुलो बोक्न सुझाव दिने भनेर महिला अधिकारकर्मीले गृहमन्त्रीको भनाइको विरोध गरेका थिए । उतिबेलैदेखि व्यक्तिगत सुरक्षा सावधानीभन्दा सरकारमा निर्भर हुने विषय प्राथमिकतामा पर्न थालेको थियो ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...