२९ जेठ २०८३, शुक्रबार

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, पश्चिमाञ्चल यातायातले केही ढिला गर्दा बिहानै लफडा !

असोज ९, २०७५
दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, पश्चिमाञ्चल यातायातले केही ढिला गर्दा बिहानै लफडा !

काठमाडौं – नेपालीहरूको महान पर्व दशैंका लागि घर फर्किन अग्रिम टिकट बुकिङ गराउन काउन्टरहरूमा यात्रुको भीड लागेको छ ।

काठमाडौंको विभिन्न स्थानमा रहेका काउन्टरहरूमा मंगलबार बिहानैदेखि बुकिङ शुरू भएको हो । लामो दूरीको यात्राका लागि नयाँ बसपार्कका सबै काउन्टरबाट बुकिङ भइरहेको छ ।

अरनिको राजमार्गमा चल्ने बसको टिकट बुकिङ भोलि बुधबारदेखि खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले अरनिको राजमार्गमा चल्ने बसका लागि पुरानो बसपार्क, कोटेश्वर र चाबहिलबाट टिकट बुकिङ हुने जानकारी दिए ।  

नयाँ बसपार्कमा बिहानैदेखि उत्साहजनक रूपमा बुकिङ भइरहेको उनको भनाइ छ । तर मंगलबार बिहानै पश्चिमाञ्चल यातायातको काउन्टर नखुल्दा केहीबेर यात्रु अन्योलमा परेका थिए । बिहान ५ बजे खोल्नुपर्ने काउन्टर ८ बजेसम्म पनि नखुलेपछि बिहानै टिकट लिन बसपार्क पुगेका यात्रुहरू आक्रोशित बनेका थिए ।

नयाँ बसपार्क सञ्चालक लोत्से बहुउदेश्यीय प्रा.लि. र व्यवसायीबीच प्रभावकारी समन्व नहुँदा पश्चिमाञ्चल यातायातले टिकट खुल्ने समय थाहा नपाउँदा समस्या भएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन विक्रम केसीले बताए ।

सो काउन्टरले पनि बिहान ८ बजेदेखि टिकट बुकिङ खुल्ला गरिसकेका अहिले शान्तिपूर्ण रूपमा यात्रुले सेवा लिइहेका केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्