२४ असार २०८३, बुधबार

बनारसमा नेपाली लोकनृत्यको ख्याती

बनारसमा नेपाली लोकनृत्यको ख्याती

काठमाडौं– बनारसमा नेपाली लोक नृत्यले गत साता धेरैलाई नाच्न बाध्य पा¥यो । चर्या, मारुनी, टप्पा, तामाङ सेलो, कृष्ण चरीत्र र झागड नृत्यको दमदार प्रस्तुतीले सबैको मन जितेको थियो ।  

कार्यक्रम थियो, बनारस हिन्दु विश्वविद्यालयको पफर्मीङ आर्ट, नृत्य विभागद्वारा आयोजित त्रिदिवसीय ‘वैश्वीक लोक संस्कृति, परम्परा एवम् प्रतिविम्ब’ विषयक अन्र्तराष्ट्रिय सेमीनार । 

पण्डित ओमकारनाथ ठाकुर अडिटोरीयममा आयोजित सोही सेमिनारमा भाग लिन गएका नेपाली कलाकार स्वजन रघुवंशी, सुजाता बराल, आरती थापा, पवन थापा, सुरम्य पोखरेल (कुल्लु), अश्मीता तिम्सीना, सुमु कोइराला र नेहा पोखरेलको प्रस्तुतीले सबैको वाहवाही बटुल्यो । 

सँगोष्ठीमा नेपाली कलाकार टोलीको नेतृत्व गरेका ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेलले अतिथि वक्ताको रुपमा ‘नेपाली संस्कृती र नृत्य विषयक’ कार्यपत्रसमेत पेश गरेका थिए ।  

सेमिनार सम्पन्न भएकै भोलीपल्ट बनारसका जनताका लागिसमेत नेपाली कलाकारले सो मनोरम प्रस्तुती देखाएका थिए । बनारसको आसीमा आयोजित ‘घाट सन्ध्या’ कार्यक्रममा बनारसबासीको ठूलो भिड जुटेको थियो, जसमा बाबा पशुपति र बाबा विश्वनाथको एक साथ जयकारा लगाइएको कलाकार टोलीका नेता रमेश पोखरेलले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्