०८ असार २०८३, सोमबार

प्रधानमन्त्रीको अवस्था सामान्य छ, दोहोरो कुराकानी भयो : प्रदीप ज्ञवाली

कात्तिक १२, २०७५
प्रधानमन्त्रीको अवस्था सामान्य छ, दोहोरो कुराकानी भयो : प्रदीप ज्ञवाली

काठमाडौं— परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

सोमवार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेपछि त्रिवि शिक्षण अस्पतालमा पत्रकारहरुसँग कुरागर्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जानकारी गराएका हुन् । 

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य छ, उहाँले दोहोरो कुरा गर्नुभएको छ । माधव नेपालसँग पनि दोहोरो कुरा भयो’ मन्त्री ज्ञवालीले भने । रुघा खोकीको संक्रमण बढेपछि प्रधानमन्त्री ओलीलाई सोमवार बिहान अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालले ओलीको छातीमा संक्रमण बढेको र रगतमा चिनीको मात्रा असन्तुलित देखिएको  विज्ञप्ति जारी गरेको थियो । डा. अरुण शायमी नेतृत्वको टोलीले प्रम ओलीको स्वास्थ्य जाँच गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्