
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न देउवा केही समयअघि अस्पताल पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको चिकित्सकले बताएका छन् ।
बिहानदेखि अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल, मन्त्री, नेता कार्यकर्ता लगायतले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारत प्रधानमन्त्री ओलीको स्वास्थ्मा सुधार आएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यपक डा. उत्तम कृष्ण श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले दिउँसो घरबाटै ल्याइएको खाना खाएर अस्पतालमा आराम गरिरहेका छन् ।