नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमा सार्वजनिक भएको छ ।
गीतमा बुद्धलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । हालनिकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलोपटक सँगै गीत गाएका हुन् ।
रातो टिका निधारमाबोलको गीतलाई प्रभा अचार्यको लेखेकी छिन् भने चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।
गीतको म्युजिक भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदी गाईजले फिचरिङ गरेको छ ।
म्युजिक भिडियोलाई ’भद्रगोल’का चर्चित पात्र’काकु’अर्थात दिपक आचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।