२४ असार २०८३, बुधबार

नेपाल आउदैछन् ‘गाङनाम स्टाइल’का विश्व चर्चित गायक साई, ललितपुरमा कन्सर्ट

कात्तिक २८, २०७५
नेपाल आउदैछन् ‘गाङनाम स्टाइल’का विश्व चर्चित गायक साई, ललितपुरमा कन्सर्ट

काठमाडौं– चर्चित गीत ‘गाङनाम स्टाइल’ का गायक पीएसवाई( पार्क जेइ साङ) साई नेपाल आउने भएका छन् । 

नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन साई नेपाल आउन लागेका हुन् । दक्षिण कोरियाली गायक पार्कको गीत ‘ग्याङनम स्टाइल निकै चर्चित भएको थियो । 

साई 'गाङनाम स्टाइल'बाटै संगीतको दुनियामा छाएका हुन् । यसअघि उनी दुई एल्बम निकालेर पनि खासै चर्चा पाएका थिएनन् । उनलाई 'गाङनाम स्टाइल'ले भने विश्व संगीतको शिखरमै पुर्‍याइदियो । 'गाङनाम स्टाइल' हालसम्म विश्वमै धेरैपटक हेरिएको म्युजिक भिडियो हो ।

१५ डिसेम्बर (मंसिर २९) गते पीएसवाई विथ के–पप लाइभ इन नेपाल नाम दिइएको कन्सर्टमा उनी सहभागी हुने छन् । 

खुमटारमा रहेको रेडियो नेपालको मैदानमा हुने कन्सर्टमा उनको प्रस्तुती रहनेछ । 

५ घन्टा चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसहित अन्य गायक गायीकाको प्रदर्शन रहनेछ । 

त्यसका साथै दक्षिण कोरियाबाट पनि गायक गायीकाको टोली आउँदै छ । 

ग्याङनम स्टाइल २०१२ मा सार्वजनिक भएको थियो । युट्युवमा यो गीत तीन अर्व २३ करोड भन्दा धेरैले हेरिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्