×

NMB BANK
NIC ASIA

काठमाडौं– संखुवासभा घर भइ हाल ललितपुर डेरा गरी बस्ने ३५ वर्षीया बबिता कुमारी (नाम परिवर्तन) गत भदौदेखि नै रोजगारीको खोजीमा थिइन् । त्यसक्रममा उनको एकजना व्यक्तिसँग भेट भयो । चिया पिउने पसलमा भेट भएका ती व्यक्ति थिए, सिन्धुपाल्चोकको थुम्पाखर घर भइ ललितपुरको भैंसीपाटी बस्ने रेशम बहादुर पाख्रिन । 

Muktinath Bank

तीनै पाख्रिनले असोज १ गते ललितपुरको ज्वागलबाट बबितालाई ‘लिफ्ट’ दिए । जागिरको खोजीमा केही अफिस धाएर पैदलै डेरामा गइरहेकी बबितालाई रोशमले म पनि उतै (बबिताको डेरा भएको ठाउँ)तिर जान लागेको भन्दै गाडीमा बस्न भने । हिँड्दा हिँड्दै थाकेकी बबिता रेशमको गाडीमा बसिन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्वागलबाट हिँडेको गाडी पुलचोक पुगेको थियो, रेशमले बहाना बनाए । गाडीको बिलबुक अफिसमै भुलेको भन्दै उनले गाडी मोडेर पुनः ज्वागल ज्वागलको एउटा गल्लीमा पुर्याए । गल्लीमा गाडीबाट झेरेपछि रेशमले आफ्नो ‘अफिस’ देखाए ।


Advertisment
Nabil box
Kumari

‘आउनुहोस् मेरो अफिस हेरेर जानुहोस्,’ भन्दै रेशमले बबितालाई पनि आफ्नो कार्यालयभित्र बोलाए । भित्र गएपछि बिलबुक खोज्नुको साटो रेशम कुराकानी गर्नतर्फ लागे । 

Vianet communication

‘मेरो अफिसमा एकजना महिला कर्मचारी अर्जेन्ट चाहिएको छ । २० हजार तलब छ । तपाईंको नजरमा कोही छ ?’ रेशमले बबिताको अगाडि यस्तै भने । जागिरको खोजीमा विभिन्न ठाउँ चहारेर थाकीसकेकी बबिताले आफ्नो वास्तविकता लुकाउन चाहिनन् । 

उनले आफू पनि जागिरको खोजीमा रहेको बताइन् । बबिताले जागिरको खोजीमा रहेको बताएपछि रेशमको व्यवहार एकाएक परिवर्तन भयो ।  

‘ल मेरै अफिसमा काम गर’ भन्दै रेशम पनि बबिता बसेको सोफामा आए । बिस्तारै रेशमले बबिताको जिउ छुन थाले । बबिताले जिउ नछुन भन्दै प्रतिवान गरिन् । तर, रेशम रोकिएनन् । अफिसकै सोफामा रेशमले बबितामाथि जबर्जस्ती गरे । 

रेशमको ज्यादती यतिमा मात्रै रोकिएन । उनले पुनः बबितालाई फोन गरेर अफिसमा बोलाए । अफिस पुगेकी बबितालाई रेशमले आफ्नो मोबाइलमा रहेको भिडियो देखाए । भिडियोमा बबिताको नाङ्गो शरीर खिचिएको थियो । 

उक्त भिडियो इन्टरनेटमा लिक गरिदिने भन्दै धम्की दिएर रेशमले पटक पटक बबितामाथि बलात्कार गरे । रेशमको ज्यादती सहन नसकी बबिताले आफन्त र केही साथीहरुको सल्लाहमा प्रहरीमा उजुरी दिने निर्णय लिइन् । 

कार्तिक १४ गते उनले महानगरीय प्रहरी परिसर ललितपुरमा रेशमविरुद्ध जोहेरी दिइन् । जाहेरी दिएको दोस्रो हप्ना पुग्न लाग्दा पनि प्रहरीले रेशमलाई पक्राउ गर्ने कुनै सुरसार चालेन् । 

अन्ततः बबिताका आफन्तले नै रेशमलाई ‘समातेर ल्याएर’ प्रहरीलाई बुझाए । २७ गते प्रहरी नियन्त्रणमा आएका रेशममाथि अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतले ३ दिनको म्याद थप्यो । 

प्रहरीले पैसा खाएर मिलाउन खोजेको आरोप 

अदालतले रेशममाथि अनुसन्धान गर्न थपेको म्याद पनि कार्तिक ३० गते (शुक्रवार) पूरा भइसकेको छ । यसबीचमा पीडित परिवारले भने प्रहरीबाट पटक पटक मिल्नका लागि दवाव आएको आरोप लगाएको छ । 

लोकान्तरको सम्पर्कमा आएका पीडित बबिताका एक आफन्तले प्रहरी कर्मचारीले राति राति फोन गरेर आफूलाई मिल्न दवाव दिने गरेको बताए । ‘यो धेरै ठूलो कुरा हैन, प्रमाण पनि छैन । बरु मिल्दा सजिलो हुन्छ भन्दै प्रहरी कर्मचारीले नै फोन गर्ने गरेका छन्,’ बबिताका आफन्तले लोकान्तरसँग भने । 

ललितपुर परिसरका मुद्दा शाखाका कर्मचारीले रेशमबाट पैसा खाएको बबिताका आफन्तको आरोप छ । ‘मुद्दा शाखाका प्राय सबैजनाले हामीलाई मिल्नुहोस् भनेर दवाव दिइरहेका छन् । उनीहरुले रेशमबाट पैसा खाएका छन्,’ बबिताका आफन्तले भने । 

पीडित परिवारले प्रहरीबाट घटनाको अनुसन्धानमा लापरवाही भएको र आफूहरुले न्याय पाउने संभावना कम रहेको भन्दै बिहीवार राष्ट्रिय महिला आयोगमा समेत उजुरी दिएका छन् । प्रहरीले जाहेरी फिर्ता लिनुपर्छ भन्दै आफूहरुलाई दवाव दिइरहेकाले न्याय पाउने संभावना न्यून रहेको पीडित पक्षले महिला आयोगमा दिएको उजुरीमा उल्लेख छ । 

पीडित परिवारको आरोप झुटा हो : प्रहरी

महानगरीय प्रहरी परिसर ललितपुरले भने उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । अदालतले थपको म्याद शुक्रवार सकिने भएकाले थप अनुसन्धानका लागि म्याद लिन रेशमलार्य शुक्रवार अदालत पेश गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले लोकान्तरलाई बताए । 

पीडित परिवारले प्रहरीबाटै मिल्न दवाव आएको विषयबारे लोकान्तरले सोधेको प्रश्नमा एसपी खनालले भने, ‘यदि प्रहरीले पैसा खाएको वा मिल्न दवाव दिएको भए अदालतमा मुद्दा नै दर्ता हुँदैन थियो ।’

एसपी खनालले घटनाबारे थप बुझ्नका लागि जाहेरीवालालाई बोलाए पनि उनीहरु सम्पर्कमा नआएको बताए । पीडित परिवारले भने बबिता तिहारका लागि उपत्यका बाहिर गएको र त्यसक्रममा बिरामी परेकाले आउन नसकेको बताएका छन् । 

आफूहरुले प्रहरी कार्यालयमै गएर बबिता बिरामी भएर आउन नसकेको विषय जानकारी गराए पनि प्रहरीले भने बबिता छिट्टै नआए रेशमलाई छाडिदिने भनेर चेतावनी दिने गरेको पीडित पक्षको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x