×

NMB BANK
NIC ASIA

पप्पु कन्सट्रक्सनलाई सरकारले सोध्यो पत्रिकामार्फत् स्पष्टीकरण, कालोसूचीमा राखिने

मंसिर ३, २०७५

NTC
Premier Steels

काठमाडौं – विकास निर्माण आयोजनाको जिम्मेवारी लिएर समयमै पूरा नगरेर पटक–पटक विवादमा पर्ने पप्पु कन्सट्रक्सन कम्पनीलाई सरकारले पत्रिकामार्फत् १ महिने स्पष्टीकरण सोधेको छ ।

Muktinath Bank

सिक्टा सिँचाइ आयोजना कार्यालयले पप्पु कन्सट्रक्सनले सम्झौता अनुसार समयमै काम नसकेको भन्दै पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुमगन कार्यालयमा पत्र पठाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमै काम नसक्नुको कारण तथा कालोसूचीमा राख्न नपर्ने कुनै आधार भएमा पेश गर्न भन्दै पप्पु कन्सट्रक्सनलाई पत्राचार गरेको थियो । तर पप्पु कन्सट्रक्सनले सार्वजनिक खरिद कार्यालयको पत्र बुझ्न नमानेको र सार्वजनिक खरिद अनुमगन कार्यालयमा नै फिर्ता गरेको भन्दै कार्यालयले १ महिने स्पष्टीकरण माग गर्दै पप्पुको नाममा सार्वजनिक सूचना जारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

सूचना अनुसार १ महिनाभित्र चित्त बुझ्दो जवाफ  नआएमा सचिवस्तरीय निर्णयबाट पप्पुलाई कालोसूचीमा राखिने खरिद अनुमगन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले बताए ।

Vianet communication

‘हामीले सिक्टा सिँचाई आयोजना कार्यालयको पत्र अनुसार पप्पुलाई स्पष्टीकरण माग गर्दै पत्राचार गरेका थियौं,’ प्रवक्ता कोइरालाले लोकान्तरसँग भने, ‘हाम्रो पत्र बुझ्न नमानेपछि हामीले गोरखापत्रमा ३० दिने सूचना जारी गरेका छौं । चित्त बुझ्दो जवाफ नआएमा आवश्यक प्रक्रिया पुर्याइ कालोसूचीमा राख्ने छौं ।’

सार्वजनिक खरिद अनुमगन कार्यालयका अनुसार पप्पु कन्सट्रक्सनले मुलुकभरका करीब १५ वटा आयोजनाको जिम्मा लिएको छ । पप्पु कन्सट्रक्सन लिमिटेड कालोसूचीमा परेपछि उसले आगामी दिनमा कुनै पनि ठेक्का नपाउने अनुमगन कार्यालयका प्रवक्ता कोइरालाले बताए । 

यसअघि सिक्टा सिँंचाइ आयोजना अन्तर्गतको नहर निर्माणको कार्य सम्झौता अनुसार समयमा गर्न नसकेको भन्दै सिक्टा सिँचाइ आयोजना कार्यालयले गत कात्तिक २१ गते पप्पुसँगको सम्झौता रद्द गर्दै कात्तिक २६ गते सार्वजनिक खरिद अनुमगन कार्यालयमा पत्र पठाएको थियो । 

पप्पु कन्सट्रक्सन कम्पनी संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायण रौनियारको थियो । उनी सांसद भएपछि उनका छोरा सुमित रौनियारले सञ्चालन गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x