×

NMB BANK
NIC ASIA

मेलम्ची आयोजना अलपत्र छाडेर भाग्न खोज्ने ठेकेदार कम्पनीसँग वार्ता, मध्यमार्गी समाधानको खोजी

पुस ३, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर फिर्ता हुन आँटेको इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच वार्ता शुरू भएको छ ।

Muktinath Bank

खानेपानी मन्त्रालयमा जारी वार्तामा मन्त्री बीना मगर, सचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यप्रकाश कंडेल तथा ठेकेदार कम्पनी सीएमसीका ८ प्रतिनिधि सहभागी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको काम अलपत्र छाडेर सुटुक्क फिर्ता हुन खोजेका ती प्रतिनिधिलाई नेपाल प्रहरीको सहयोगमा सोमवार ठमेलबाट नियन्त्रणमा लिइएको थियो ।


Advertisment
Nabil box
Kumari

फण्ड सटेज भएको कारण देखाउँदै आयोजना छाडेको पत्र बोकेर सीएमसीका प्रतिनिधि आइतवार आयोजनाको कार्यालय पुगेका थिए । आयोजनाले पत्र बुझ्न अस्वीकार गरिदियो ।

Vianet communication

ती प्रतिनिधिलाई नियन्त्रणमा लिएपछि सोमवार सचिव ठाकुरको नेतृत्वमा वार्ता भएको थियो । उक्त वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज मन्त्रीकै उपस्थितिमा वार्ता भइरहेको हो ।

भूकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै सीएमसीले क्षतिपूर्ति दाबी गरेको छ । क्षतिपूर्तिको माग राख्दै गत जेठमा सीएमसीले काम अवरुद्ध पारेपछि विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको थियो ।

सरकारले उक्त क्षतिपूर्ति रकम काम सम्पन्न भएपछि मात्र दिने बताएको थियो । तर सीएमसीले तत्काल उपलब्ध नगराए आयोजनाबाट हात झिक्ने चेतावनी दिँदै आएको थियो ।

स्रोतका अनुसार उक्त रकम उपलब्ध गराउन तयार भएको सरकारले त्यसपछि थप क्षतिपूर्ति दाबी गर्न नपाउने शर्त राखेको छ । तर ठेकेदार कम्पनीले भने त्यसमा सहमति जनाएको छैन ।

दुई पक्षको अडानका बीचमा मध्यमार्गी समाधान खोज्ने प्रयास भइरहेको स्रोतले जानकारी दियो ।

यदि एकतर्फी रूपमा सम्झौता रद्द गरे सीएमसीले राखेको करीब २ अर्ब धरौटी रकम जफत गर्ने चेतावनी समेत सरकारले दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x