१६ असार २०८३, मंगलबार

फोर्स मोटर्सले ल्यायो गोर्खा एसयूभी

फोर्स मोटर्सले ल्यायो गोर्खा एसयूभी

काठमाडौं — फोर्स इन्डियाले मंगलवार अफरोड एसयूभी गोर्खा सार्वजनिक गरेको छ । 

गाडीको नाम फोर्स गोर्खा एक्सट्रीम राखिएको छ । 

यसको मूल्य भारतमा १३ लाख भारु राखिएको छ । 

फोर्स इन्डियाले गोर्खा एसयूभी चरणबद्ध रूपमा बिक्री गर्ने योजना बनाएको छ । 

एसयूभीमा भएको इन्जिन मर्सिडिज बेन्जबाट प्रभावित छ । इन्जिनसँगै म्यानुअल गीयरबक्स पनि राखिएको छ र त्यो पनि मर्सिडिज बेन्जबाट प्रभावित छ । यसको पीक टोर्क ३२१ एनएम छ ।

नयाँ फोर्स एक्सट्रीमको अगाडिपट्टिको भाग बोल्ड देखिन्छ । त्यसमा सिंगल स्लाट ग्रिल, ग्रिलसहितको गोलो हेडल्याम्प, हेभी ड्युटी फ्रन्ट बम्पर र मेटल स्किड प्लेट छ । 

गाडीको इन्डिकेटर एलईडी छ । यसका चक्काहरू पनि अघिल्लो मोडलको भन्दा नयाँ किसिमका छन् । 

नचिप्लिने फूटबोर्ड र ट्युबलेस टायरहरू यसमा जडिएका छन् । 

मेनरोड भन्दा परका अप्ठ्यारा बाटामा पनि यो एसयूभी मज्जाले गुड्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्