×

NMB BANK
NIC ASIA

मेलम्चीको ठेकेदारसँगको वार्ता निष्कर्षविहीन, मन्त्रालयले गुहार्‍यो प्रधानमन्त्री कार्यालय

पुस ३, २०७५

NTC
Premier Steels

काठमाडौं – बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ठप्प पारेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच मंगलवार भएको वार्ता निष्कर्षविहीन बनेको छ । खानेपानी मन्त्री बीना मगर, मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कंडेल लगायतको उपस्थितिमा खानेपानी मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेको हो ।

Muktinath Bank

करीब आधा घण्टाको छलफलमा सरकारी पक्षले कम्पनीले दाबी गरेजति रकम उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि ठेकेदार कम्पनीका प्रतिनिधि बाहिरिएको स्रोतले बतायो । त्यसपछि मन्त्री मगर र सचिव ठाकुरबीच केहीबेर छलफल भएको थियो । स्रोतका अनुसार छलफलपश्चात सीएमसीसँगको वार्ता र विकसित घटनाक्रमबारे जानकारी गराउन मन्त्रालयका सहसचिव शंकरप्रसाद सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि सहसचिव सुवेदीले भने प्रधानमन्त्री कार्यालय अर्कै कामले गएको जिकिर गरे । ‘म छलफल कक्षबाट त्यतिबेलै निस्किहालें,’ उनले लोकान्तरसँग भने, ‘त्यसपछि प्रधानमन्त्री कार्यालय गएको हुँ । मन्त्रालयकै अन्य विभिन्न कार्यहरू हुन्छन्, त्यसै सम्बन्धमा गएको हुँ ।’


Advertisment
Nabil box
Kumari

आयोजनाको काम अलपत्र छाडेर सुटुक्क फिर्ता हुन खोजेका सीएमसीका ८ प्रतिनिधिलाई नेपाल प्रहरीको सहयोगमा आइतवार राति ठमेलबाट नियन्त्रणमा लिइएको थियो । फण्ड सटेज भएको कारण देखाउँदै आयोजना छाडेको पत्र बोकेर सीएमसीका प्रतिनिधि आइतवार आयोजनाको कार्यालय पुगेका थिए । यद्यपि सो पत्र बुझ्न आयोजनाले अस्वीकार गरिदिएको थियो ।

Vianet communication

भूकम्प, नाकाबन्दी लगायतका कारणले काम गर्न नपाएको भन्दै सीएमसीले क्षतिपूर्ति दाबी गरेको छ । क्षतिपूर्तिको माग राख्दै गत जेठमा सीएमसीले काम अवरुद्ध पारेपछि विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको थियो ।

सरकारले उक्त क्षतिपूर्ति रकम काम सम्पन्न भएपछि मात्र दिने बताएको थियो । तर सीएमसीले तत्काल उपलब्ध नगराए आयोजनाबाट हात झिक्ने चेतावनी दिँदै आएको थियो ।

स्रोतका अनुसार उक्त रकम उपलब्ध गराउन तयार भएको सरकारले त्यसपछि थप क्षतिपूर्ति दाबी गर्न नपाउने शर्त राखेको छ । तर ठेकेदार कम्पनीले भने त्यसमा सहमति जनाएको छैन ।

एकतर्फी रूपमा सम्झौता रद्द गरे सीएमसीले राखेको करीब २ अर्ब धरौटी रकम जफत गर्ने सरकारी पक्षको चेतावनी छ ।

करीब तीन दशकपछि मेलम्ची सपना पूरा हुनै लागेको भनिएका बेला ठेकेदार कम्पनी नै भाग्न खोजेपछि काठमाडौंमा पानी कहिले आइपुग्ने हो भन्ने अन्योल थपिएको छ ।

पढ्नुहोस्, यो पनि :

मेलम्चीबाट भाग्न खोज्ने सीएमसी संसारभर बदनाम कम्पनी, टाट पल्टियौं भन्दै इटालीको अदालतमा निवेदन

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x