चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
पुस ४, २०७५
काठमाडौं – काठमाडौंको सुन्दरीजलमा मेलेम्ची खानेपानीको मुख्य प्रशोधन केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन हुने गरी निर्माणाधीन केन्द्रमा पहिलो भाग अन्तर्गतको प्रशोधन केन्द्र निर्माण भइसकेको छ भने दोस्रो निर्माणका क्रममा छ ।
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेर काठमाडौंमा वितरण गरिने छ । जसका लागि अहिले प्रशोधन केन्द्र निर्माण गर्ने काम चलिरहेको छ । तर मेलम्चीबाट पानी आउने सुरुङ निर्माण गर्ने ठेक्का पाएको इटालियन कम्पनी सीएमसीका प्रतिनिधि काम छाडेर बेपत्ता भएपछि काम मात्र रोकिएको छैन, कामदारको दैनिकी समेत प्रभावित बनेको छ ।
सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेको लगायत ८ जना आइतवार अपराह्नदेखि आयोजनास्थल छाडेर भागेपछि मजदूरहरूले राम्ररी खाना समेत खान पाएका छैनन् ।
सीएमसीका प्रमुख म्यानेज ग्रेको लगायतको टोली आयोजना अलपत्र पारेर भाग्न लागेका बेला पक्राउ परेको खबरले मलेम्चीका मजदूरमा अन्यौलता थपेको त छ नै स्थानीय होटलले खान समेत दिन छाडेका छन् ।
सीएमसीले सुन्दरीजलमा सुरुङको ३५ मिटरसम्म स्टील पाइप राख्ने, सुरुङ बाहिरबाट प्रशोधन केन्द्रसम्म डीआई पाइप राख्ने, सुरुङ सफा गर्नेगरी पानी बगाउन ‘फ्लसिङ पाइप’ राख्ने, हाइड्रोलिक गेट भल्भ बनाउने काम गर्ने जिम्मेवारी थियो । जसका लागि सुन्दरीजलमा मात्रै १ सय ३६ जना कामदार परिचालन भएका थिए ।
कामदारहरूले २ महिनाको फरकमा १ महिनाको पारिश्रमिक पाउँथे । दैनिक खर्च चलाउनदेखि खाना खानसम्म उनीहरूले स्थानीय व्यापारी र होटलबाट उदारो माग्नुपर्ने बाध्यता थियो । अब ठेकेदार नै भागेपछि स्थानीय होटल सञ्चालकले सीएमसी मातहत काम गर्ने मजदूरलाई खाना नै खुवाउन छाडिसकेका छन् ।
‘ठेकेदार भागेको हल्ला चलेपछि यहाँका होटलवालाहरूले कामदारलाई खाना नै खुवाउन छाडिसकेका छन्,’ मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सीएमसीमा प्रमुख सुरक्षा अधिकारीको रूपमा कार्यरत मीनबहादुर घिमिरेले लोकान्तरसँग भने, ‘तत्काल केही निर्णय हुन सकेन भने यहाँ काम गर्ने कामदारले भोकभोकै बस्नुपर्ने अवस्था आउने देखिन्छ ।’
सीएमसीका प्रतिनिधि भागेपछि सोमवारदेखि नै सुन्दरीजलमा सुरुङतर्फको निर्माण कार्य ठप्प छ । सीएमसीले सुरुङभित्र सटकिटको काम सकेपनि छुटेको ठाउँमा रेक्टिफिकेसन (सुधार) गर्दै आएको थियो । यस्तै सुन्दरीजलमा सुरुङको मुखदेखि प्रशोधन केन्द्रसम्म डीआई पाइप राख्ने काम पनि अन्तिम चरणमा थियो । तर अहिले यी सबै काम ठप्प छन् ।
‘हामीलाई केही गर्ने अनुमति छैन, सबै काम रोकेर राख्नु भन्ने निर्देशन आएको छ,’ प्रमुख सुरक्षा अधिकारी घिमिरेले भने, ‘कामदारहरू के गर्ने, कसो गर्ने भनेर अन्यौलमा छन् । हामीले पनि यसै केही भन्न सकिने अवस्था छैन ।’
पढ्नुहोस्, यो पनि :
मेलम्चीबाट भाग्न खोज्ने सीएमसी संसारभर बदनाम कम्पनी, टाट पल्टियौं भन्दै इटालीको अदालतमा निवेदन
तस्वीरः गगन अर्याल
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...