×

NIC ASIA

मैले रकम निकासामा सहयोग नगरेको भए विमान पनि आउँदैनथ्यो, पैसा पनि डुब्थ्यो : रविन्द्र अधिकारी [अन्तर्वार्ता]

पुस ३०, २०७५

Prabhu Bank
NTC
Premier Steels

रविन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट स्थापित लोकप्रिय युवा नेता हुन् । पछिल्ला तीनवटा निर्वाचनमा लगातार प्रत्यक्ष निर्वाचित हुने सीमित नेतामा रविन्द्र पनि एक हुन् । सांसद विकास कोषको नामले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनौटमा पारदर्शी ढंगले काम गरेको भन्दै उनको प्रशंसा भएको थियो । संविधानसभाको पहिलो कार्यकालमा लेखा समितिको सदस्य र दोस्रोे कार्यकालमा संसद्को विकास समितिको सभापति बनेर उनले काम गरेका थिए । विकास समितिको सभापतिको रुपमा रविन्द्रले राष्ट्रिय गौरवका आयोजनालाई द्रुत ढंगले अगाडि बढाउन भूमिका खेलेका थिए । २०७४ साल चैत ३ गते प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका रविन्द्र पछिल्लोपटक नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा विभागीय मन्त्रीको हैसियतमा मुछिए । वाइडबडी प्रकरणमा भएको भनिएको अनियमितता सम्बन्धमा संसद्को लेखा समितिले गरेको एक छानबिनमा रविन्द्रलाई पनि दोषी देखाइएको छ । वाइडवडी खरिद प्रकरण लगायत समसामयिक विषयमा लोकान्तरका लागि  दिल निशानी मगरले आइतवार दिउँसो मन्त्री अधिकारीसँग कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सार :

Muktinath Bank

पहिलेभन्दा फेरिनुभएछ नि, मन्त्रीज्यू ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हैन होला, मलाई त उस्तै छु जस्तो लाग्छ । अलिक कामको चापले गर्दा आफ्नो शरीरमा ध्यान दिन सकिरहेको छैन । 


Advertisment
Nabil box
Kumari

भनेपछि कामको चापले नुहाउने फुर्सद पनि छैन ?

Vianet communication

त्यस्तो हैन, यो कपाल काट्ने समय नपाएको चाहिँ सत्य हो ।

देशको हितमा काम गर्दा कपाल काट्ने फुर्सद पाउनुभएन ?

हो, त्यस्तै भनौं । 

वाइडबडी खरिदमा निगमका कार्यकारी प्रमुखले अनियमितता गरेकै हुन् ? 

मैले मन्त्री भएपश्चात् मन्त्रालयको कफीबाहेक एक रुपैयाँ पनि खाएको छैन । मन्त्रीका हैसियतमा पाउने सेवासुविधा बाहेक मैले अरू नाजायज सेवा लिएको पनि छैन

हैन, हैन त्यसरी पनि भन्न मिल्दैन । हेर्नुहोस्, मैले अस्तिको पत्रकार सम्मेलनमा सबै कुरा भनिसकेको छु । दोहो¥याएर त्यही कुरा फेरि किन गर्नु ? अहिले म तपार्इंलाई एउटा कागज दिन्छु । त्यहाँ सबै कुरा छ, त्यो पढ्नुहोला । सबैकुरा प्रस्ट हुनेछ । यो एकजना व्यक्तिको कुरा हैन, संस्था जोडिएको कुरा हो । कसले के खायो, के खाएन, त्यो छानबिन होला ।

संसदीय समितिको प्रतिवेदनले त तपाईंलाई पनि दोष दियो त ! 

मलाई यस्तो हावादारी प्रश्न नसोध्नुहोस् । यो वाइडबडी विमान खरिद प्रक्रिया लामो छ । म आएर मेरो एक्लो प्रयासमा विमान किनेको हैन । कसको कार्यकालमा के भयो भन्ने कुरा तपाईंहरूले खोज्नुहोला । म यति मात्र भन्न चाहन्छु, यो प्रक्रियामा जहाँ कमजोरी भएको छ, त्यसमा छानबिन गर्न न्यायिक समिति बनेको छ । न्यायिक समितिको कुरा सुन्नुभएकै होला । 

सुनियो नि, तपाईंलाई पनि दोषी देखाएका छन् !

त्यो प्रतिवेदन पूर्ण हैन । अख्तियार, अदालत हैन नि त्यो समिति । हो, निर्णय मान्नुपर्छ तर स्वीकार गर्न सकिने हदसम्म । नैतिक जिम्मेवारी लिने बहानामा म अर्बौं रुपैयाँको जिम्मा लिन त सक्दिनँ । समाचार पढ्नुभएको होला, यो विमान खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिनुभएको छ ।

छातीमा हात राखेर भनिदिनुहोस्, वाइडबडी घोटालामा तपाईंको संलग्नता छ कि छैन ? 

अब मेरो कुरा गर्नुहुन्छ भने मैले मन्त्री भएपश्चात् मन्त्रालयको कफीबाहेक एक रुपैयाँ पनि खाएको छैन । मन्त्रीका हैसियतमा पाउने सेवासुविधा बाहेक मैले अरू नाजायज सेवा लिएको पनि छैन । म केही गरौं भनेर आएको हुँ राजनीतिमा । पर्यटनहरूलाई धमाधम ल्याउने, पोखरा र गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो पूरा गर्ने मेरो सपना छ । देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनेबाहेक अर्को कुनै मेरो लक्ष्य छैन । 

तर सामाजिक सञ्जाल तपाईंकै विरोधमा उत्रिएको छ नि ?

त्यो झूट कुरा हो, वाहियात कुरा हो । सामाजिक सञ्जालमा त जसले जे लेखेपनि भएको छ । रोकतोक छैन ।

वाइडबडी घोटलाका बारेमा तपाईंको धारणा के त ?

मैले पत्रकार सम्मेलन गरेर भनिसकेको कुरा हो यो । आर्थिक वर्ष २०७१—७२ को बजेटको वक्तव्यमा नै नेपाल वायुसेवाका निम्ति विमानहरू ल्याउने कुरा घोषणा गरिएको हो । संसदमा घोषणा भएको हो । यो मैले मेरो घरबाट घोषणा गरेको हैन । अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाजहरू कम्तीमा ५ वर्षभित्र किनेर ल्याउने कुरा भएको हो । र म मन्त्री हुँ, विमान कम्पनीको ठेकेदार हैन । म प्रत्यक्ष संलग्न भएर विमान किनेको पनि हैन । यसबीचमा कैयौं सरकारहरू फेरिए । अन्तिममा नयाँ विमान आइपुग्ने बेला म मन्त्री हुन पुगें । तर विभागको कमजोरीबाट हुन गएको क्षति सल्टाउने जिम्मेवारीबाट म हट्दिनँ ।

हेर्नुहोस्, नयाँ विमानस्थलहरू बन्दैछन् । यही त्रिभुवन विमानस्थलको धावनमार्गको मर्मत तथा विस्तार गर्दैछौं । हामीले आन्तरिक तथा बाह्य टर्मिलनहरूको योजनाबद्ध सुधार गरेर राम्रो छवि निर्माण गरेका छौं । म स्वयं त्यहाँ विमानस्थलमा पुगेर महिनाका दर्जनौंपटक अनुगमन गरेको छु, निर्देशन दिएको छु । रनवेको कालोपत्रे, टर्मिनल भवन निर्माण, कार्गो भवनको निर्माण, मुआब्जा वितरण जस्ता ६० प्रतिशत काम हामीले पूरा गरेका छौं ।

विमान खरिदमा तपाईंको भूमिका के थियो ? 

म फेरि पनि दोहोर्‍याएर भन्छु, २०७२ सालमा निगमद्वारा तयार गरिएको ३ वर्षे सुधार कार्ययोजना अन्तर्गत २०७३ मंसिरमा पहिलोपटक र माघमा दोस्रोपटक वाइडबडी खरिद गरी सञ्चालन गर्ने उल्लेख्य भएको देखिन्छ । त्यसैले यो यतिखेर मैले खरिद गराएको विमान हैन । 

प्राविधिक रूपले म विमान खरिदका सम्बन्धमा जानकार हैन । अब विमान त आइसक्यो, पैसा रोकेर के गर्ने, बरू उल्टै अर्बौं रकम स्वाहा हुनबाट जोगाएकोमा मलाई त धन्यवाद पो दिनुपर्छ । मैले रकम निकासामा सहयोग नगरेको भए विमान पनि आउँदैनथ्यो, पैसा पनि डुब्थ्यो ।

तस्वीर : गगन अर्याल

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x