![मगर समुदायको ‘माघे सकराती’ टुँडिखेलमा, यस्तो देखियो रौनक [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Maghesarati_XJDJdQn0w4.jpg)
काठमाडौं – मगर समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘माघे सकराती’ टुँडिखेलमा मनाएका छन् ।
काठमाडौं उपत्यका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे सकराती मनाएका छन् ।
टुँडिखेलमा माघे सकरातीको रौनक देखिएको छ । सरकारले माघ १ गतेलाई मगरको राष्ट्रिय पर्व घोषणा गरेको थियो ।

मगर समुदायका विभिन्न संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा उपराष्ट्रपति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापामगर, खानेपानी मन्त्री बिना मगर लगायतको सहभागिता रहेको थियो ।

माघे सकरातीको अवसरमा मगर समुदायले गर्मी शुरू हुने दिनको रुपमा तरुल खाने गरेका छन् । माघेमा तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन समेत रहेको छ ।
यस्तै, मौलिक माघी पर्वको अवसरमा थारु समुदायले काठमाडौंको चुच्चेपाटीमा कार्यक्रम गरेको छ ।



























