१४ असार २०८३, आइतबार

देश ,शहिद र माटो!!!

माघ १६, २०७५
देश ,शहिद र माटो!!!

अच्युत शाली घिमिरे

अमरत्वको

सहज विश्वासमा

सत्य देख्ने

जादू देख्ने

माटोलाई मुटु संग जोड्ने

मेरो देशका शहिदहरु!

समाजको अन्धतामा

झुटो दुनियासंग

अनेकौ व्यवस्थाहरुसंग

पौठाजोरी खेल्न

नहिज्किच्याउने,

देशलाई आफू

सहित सर्वस्व सुम्पने

मेरो देशका शहिदहरु!

मातृभूमिको हरेक 

इशारामा उफ्रिने,

पुर्खाको साहसमा भिज्ने,

नेपाल आमाको दूधको भारा तिर्न

सम्पन्नताको आवेश छोड्ने,

फोस्रो इज्जतको

तिलाञ्जली दिदै

स्वदेशलाई स्वर्ग संग दाज्ने

मेरो देशका शहिदहरु!

तर आजकल

परिवेशहरु फरक भए,

जमाना बदलियो

अनेकौ रंग संग ,

हिजो शहिदको त्यागमा

गफ हाक्नेहरु

आज 'भलादमी' बनेर 

उडाइरहेछन् माटोको सुगन्ध खुशबूहरु संग,

हिजो शहिदको रगतमा

भन्किने माखाहरु

आज भन्किदै छन् शासकहरुसंग,

अनि शहिद 

मात्र मौनधारणहरुमा

मात्र फोटाहरुमा

मात्र शालीकहरुमा

मात्र विदाहरुमा

मात्र कविताहरुमा!!!

salt training

कमेन्ट गर्नुहोस्