
पोखरा - पोखरा महानरपालिका वडा नम्वर २६ सुन्दरीबजारमा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ । आज भएको दुर्घटनामा स्कुटरमा सवार पोखरा ११ चापापानीकी ५० बर्षिय चित्र कुमारी गुरुङको मृत्यु भएको हो ।
पृथ्वीराजमार्ग अन्तरगत सुन्दरीबजारमा ग १३ प ५७८० नम्बरको स्कुटर रेडी मिक्स्चरको ग १ क ३५७० नम्बरको गाडीसँग ठक्कर खाँदा स्कुटरमा सवार गुरुङ घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनका ५२ बर्षिय श्रीमान बिरेन्द्र सिंह गुरुङको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।