२४ असार २०८३, बुधबार

वर्षाका कारण मनकामना केबलकार कपको खेल स्थगित

माघ २४, २०७५
वर्षाका कारण मनकामना केबलकार कपको खेल स्थगित

पोखरा – पोखरा रंगशालामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गत बिहीवार हुने भनिएको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।

बुधवार रातिदेखि पानी परेकोले प्रतिकुल मौसमका कारण खेल स्थगीत भएको एन्फा कास्कीका महासचिव रमेश कार्कीले बताए ।

बिहीवार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफविरुद्ध जापानको रिस्सो युनिभर्सिटीबीच पहिलो सेमिफाइनल खेल हुने भनि सार्वजनिक गरिएको थियो । स्थगित भएको खेल शुक्रबार हुने बताइएको छ ।

लिगको छैटौं स्थानमा रहेको नेपाल पुलिस क्लबलाई पराजित गर्दै पहुना टोली जापानको रिस्सो युनिभर्सिटी सेमिफाईनलमा यात्रा बनाएको हो । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले प्रतिद्वन्द्वी थ्री–स्टार क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबविरुद्ध पाहुना टोली क्यामरुनको डफिन्स टीम फेमलीसँग दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । ब्रिगेट व्वाईज क्लबलाई टाईब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाइनलमा यात्रा बनाउँदा क्यामरुनको डिफिन्स टिम फेमलीले थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा यात्रा पक्का गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्