१६ असार २०८३, मंगलबार

कसरी दिने जनताको जलविद्युत् आयोजनामा शेयर आवेदन ?

फागुन २, २०७५
कसरी दिने जनताको जलविद्युत् आयोजनामा शेयर आवेदन ?
प्रतिकात्मक तस्वीर

काठमाडौं – सरकारले बिहीवार जनताको जलविद्युत् आयोजना कार्यक्रम घोषणा गरेको छ । सर्वसाधारणलाई समेत जलविद्युत्मा लगानी गराएर आर्थिक समृद्धितर्फ अगाडि बढाउने उद्देश्यले सरकारले उक्त कार्यक्रम घोषणा गरेको हो ।

हिमाल, पहाड, तराई–मधेशका हरेक नेपाली जनतालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्ने मुख्य उद्देश्यले सरकारले उक्त कार्यक्रम अघि सारेको हो ।

यसरी सरकाले घोषणा गरेको उक्त कार्यक्रममा तोकिएका जलविद्युत् आयोजनामा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीले लगानी गर्न पाउने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि मुलकभरका विभिन्न १९ वटा जलविद्युत् आयोजना तोकिएका छन् ।

यस्तो छ, शेयरमा आवेदन दिने प्रक्रिया

जलविद्युत् आयोजनामा लगानी गर्नका लागि शेयर प्रबद्र्धक कम्पनीले बिक्री प्रबन्धकमार्फत् शेयरको सार्वजनिक निष्कासन गर्नेछ ।

कम्पनीले शेयर निष्कासन गरेपछि लगानी गर्न इच्छुक व्यक्तिले शेयर खरिदका लागि आवेदन दिनुपर्ने छ । आवेदन दिने व्यक्तिले आस्वा प्रणाली अनुसार दिनुपर्ने र त्यसका लागि व्यक्तिको डिम्याट खाता तथा बैंक खाता अनिवार्य खोल्नु पर्ने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार आवेदनका साथमा खरिद गर्न प्रतिबद्धता गरेको रकमको १० प्रतिशत शेयर भुक्तानी पहिलो किस्तामा गरिने छ । आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि बाँकी ९० प्रतिशत रकम भुक्तानी गर्न सकिने प्रवक्ता अर्यालले जानकारी दिए ।

सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गतका आयोजनामा ऋण लगानी ७० प्रतिशत र शेयर लगानी ३० प्रतिशत रहने छ । जस अनुसार सरकारको लगानी ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने मन्त्रालयले प्रस्ट पारेको छ ।

कार्यक्रम अन्तर्गत ३४ सय ७९ मेगावाटका १९ वटा आयोजना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ वटा, प्रदेश ३ मा २ दुईवटा, गण्डकी प्रदेशमा ४ वटा, प्रदेश ५ मा एउटा, कर्णाली प्रदेशमा ३ वटा र सुदूरपश्चिम प्रदेशमा ३ वटा आयोजना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्