×

NMB BANK
NIC ASIA

कसरी दिने जनताको जलविद्युत् आयोजनामा शेयर आवेदन ?

फागुन २, २०७५

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

काठमाडौं – सरकारले बिहीवार जनताको जलविद्युत् आयोजना कार्यक्रम घोषणा गरेको छ । सर्वसाधारणलाई समेत जलविद्युत्मा लगानी गराएर आर्थिक समृद्धितर्फ अगाडि बढाउने उद्देश्यले सरकारले उक्त कार्यक्रम घोषणा गरेको हो ।

Muktinath Bank

हिमाल, पहाड, तराई–मधेशका हरेक नेपाली जनतालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्ने मुख्य उद्देश्यले सरकारले उक्त कार्यक्रम अघि सारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी सरकाले घोषणा गरेको उक्त कार्यक्रममा तोकिएका जलविद्युत् आयोजनामा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीले लगानी गर्न पाउने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि मुलकभरका विभिन्न १९ वटा जलविद्युत् आयोजना तोकिएका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तो छ, शेयरमा आवेदन दिने प्रक्रिया

Vianet communication

जलविद्युत् आयोजनामा लगानी गर्नका लागि शेयर प्रबद्र्धक कम्पनीले बिक्री प्रबन्धकमार्फत् शेयरको सार्वजनिक निष्कासन गर्नेछ ।

कम्पनीले शेयर निष्कासन गरेपछि लगानी गर्न इच्छुक व्यक्तिले शेयर खरिदका लागि आवेदन दिनुपर्ने छ । आवेदन दिने व्यक्तिले आस्वा प्रणाली अनुसार दिनुपर्ने र त्यसका लागि व्यक्तिको डिम्याट खाता तथा बैंक खाता अनिवार्य खोल्नु पर्ने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार आवेदनका साथमा खरिद गर्न प्रतिबद्धता गरेको रकमको १० प्रतिशत शेयर भुक्तानी पहिलो किस्तामा गरिने छ । आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि बाँकी ९० प्रतिशत रकम भुक्तानी गर्न सकिने प्रवक्ता अर्यालले जानकारी दिए ।

सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गतका आयोजनामा ऋण लगानी ७० प्रतिशत र शेयर लगानी ३० प्रतिशत रहने छ । जस अनुसार सरकारको लगानी ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने मन्त्रालयले प्रस्ट पारेको छ ।

कार्यक्रम अन्तर्गत ३४ सय ७९ मेगावाटका १९ वटा आयोजना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ वटा, प्रदेश ३ मा २ दुईवटा, गण्डकी प्रदेशमा ४ वटा, प्रदेश ५ मा एउटा, कर्णाली प्रदेशमा ३ वटा र सुदूरपश्चिम प्रदेशमा ३ वटा आयोजना रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x