×

NMB BANK
NIC ASIA

राजधानीको सकस

जनतामाझ सांसदको प्रश्न : प्रदेश राजधानी कहाँ र नाम के ?

फागुन ७, २०७५

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिले काम थालेको छ ।

Muktinath Bank

गठन भएको ७ महिनासम्म विभिन्न अल्झनमा रहेको समितिले बल्ल काम गर्न थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आउँदो बिहीवारदेखि प्रदेश अन्तर्गत पर्ने १२ वटै जिल्लामा गएर सरोकारवाला निकाय, जनता, विभिन्न क्षेत्रका जानकारसँग सुझाव लिनेछ । राजधानी कहाँ बनाउने सम्बन्धमा ८ वटा र नाम के उपयुक्त हुन्छ भन्ने विषयमा ३ वटा सुझावका लागि प्रश्नावली तयार गरिएका छन् । समिति १५ सदस्यीय छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशसभा गठन भएको १ वर्ष पुगिसक्दा समेत राजधानी र नामाकरण कहिले टुंगो लाग्छ भन्ने अनिश्चित छ ।  

Vianet communication

यस्ता छन् सोधिने प्रश्नहरू :-

– तपाईको विचारमा प्रदेशको राजधानी कुन स्थानमा उपयुक्त होला ?
– प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता कस्तो हुनुपर्ला ?
– प्रदेशको राजधानीका लागि भूमि व्यवस्थापन कसरी गर्ने ?
– प्रदेश राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलता कस्तो हुनुपर्ने ?
– प्रदेशको राजधानीका लागि भूमि संकेन्द्रण (ल्याण्ड पुलिङ) नीति कस्तो हुनुपर्ने ?
– प्रदेश राजधानीका लागि सामरिक सुरक्षा व्यवस्था कस्तो हुनुपर्ने ?
– प्रदेशको राजधानी कस्तो भौगोलिक अनुकूलतामा हुनुपर्छ ? 
– तपाईको केही सुझाव छ कि ?

यस्ता छन् नामाकरणका लागि ३ वटा प्रश्नहरू :-

– ऐतिहासिक आधार
– सामाजिक सांस्कृतिक आधार
– भौगोलिक आधार

३ प्रश्नमा ५–५ वटा गरी १५ वटा आधारहरू दिनुपर्नेछ ।
यी प्रश्नहरू जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, अधिकारकर्मी र जिल्लामा क्रियाशील संघसंस्थाका प्रतिनिधिसमक्ष राखिने राजधानी र नामाकरण विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन मगरले जानकारी दिए ।
सुझाव संकलनका लागि ६ वटा टोली बनाइएको छ । एउटा टोलीमा २ जना रहनेछन् । टोलीमा कम्तिमा २ र बढीमा ३ जना रहेर २–२ वटा जिल्लाको सुझाव लिनेछन् । त्यसको लागि आउँदो फागुन १८ गतेसम्म संसद बैठक स्थागित गरिएको छ । 

कुन जिल्लाको को–को टोली जाँदैछन् ?

– रुपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली
– कपिलवस्तु र अर्घाखाँचीमा तारा जिसी र वैजनाथ कलवार 
– गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी
– दाङ र प्युठानमा निर्मला क्षेत्री, नारायण आचार्य र कल्पना पाण्डे
– बाँके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी
– रुकुम (पूर्व) र रोल्पामा वीरबहादुर राना र दिनेश पन्थी  

गत साउन २९ गते प्रदेश सभाको दोस्रो अधिवेशनको अन्तिम दिन गठित सुझाव संकलन समितिले बल्ल जिल्ला जाने तयारीमा लागेको हो । शुरूमा ३ महिनाभित्र जिल्ला–जिल्ला गएर सुझाव लिने भनिएको समितिले संयोजक नै तोक्न सकेन । त्यसपछि समितिमा सबै जिल्लाको प्रतिनिधित्व नभएको भन्दै संसददेखि विभिन्न फोरमहरूमा आवाज उठेपछि संसदबाटै समितिमा केही सदस्यहरू हेरफेर समेत गरिएको थियो ।

रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आचार्यको ठाउँमा बाँकेका बाबुराम गौतमलाई र बर्दियाका दिपेश थारुको ठाउँमा रुकुमका तेजबहादुर वलीलाई राखिएको थियो ।
सबै जिल्लाबाट आएका सुझावलाई समेटेर तयार गरिने प्रतिवेदनलाई भूगोलविद्, सुरक्षाविद् र मौसमविद्बाट रायसुझाव लिएर अन्तिम प्रतिवेदन बनाई प्रदेश सभामा पेश गरिने बताइएको छ ।

समितिका सदस्य विष्णु पन्थीले समयभित्र आफूहरू सुझाव संकलन गरिने बताए । ‘हामीलाई ९ दिनको समय छ । त्यसभित्र नै सबै जिल्लामा गएर सुझाव संकलन गरी ल्याउँछौ । अब यो विषय अगाडि बढ्यो,’ पन्थीले भने । राजधानीका विषयमा विवाद भएका अन्य देशमा गएर पनि ‘रिफ्रसमेन्ट’ लिने कि भन्नेबारे पनि कुरा बाहिर आएको छ । 

जिल्लाबाट आएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने समितिको भनाइ छ । संवैधानिक व्यवस्था अनुसार भए सहमति नभए प्रदेश सभाको दुईतिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउन सकिने संवैधानिक व्यवस्था छन् । प्रदेश सभामा सत्तारूढ दलको दुईतिहाइ बहमुत छ । तर संसदमा मतदान हुँदा बुटवल क्षेत्रका सांसदहरूले बुटवललाई नै राजधानी हुनुपर्छ भन्ने र पश्चिम क्षेत्रका सांसदहरूले दाङ वा बाँके हुनुपर्छ भनेर मतदान गर्न सक्ने भएकाले दुईतिहाइले पनि काम नगर्ने सरकारको भित्रि बुझाइ देखिन्छ । 

तर प्रदेश राजधानी र नामाकरणको विषय टुंगो लगाउन मुख्यमन्त्री शंकर पोखरेलले चासो दिएका छैनन् । आफ्नो निर्वाचन क्षेत्र दाङतिर राजधानी बनाउने उनको इच्छा छ । जसले गर्दा प्रदेशको राजधानी कहाँ र के नाम रहन्छ भन्ने टुंगो छैन । अहिले प्रदेशको राजधानी बुटवल र दाङ कहाँ हुने चर्चा छ । 

यस्तो छ अंकगणित

प्रदेश सभामा जम्मा सांसद – ८७ 
नेकपा – ६१ (सभामुखसहित)
कांग्रेस – १९ 
संघीय समाजवादी फोरम – ५
राष्ट्रिय जनमोर्चा – १
राष्ट्रिय जनता पार्टी – १

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x