×

Nic Asia
Marvel

संविधान जारी हुनुपूर्वदेखि नै नेपालको राज्य प्रणाली र राज्यका महत्त्वपूर्ण निकायहरूलाई विवादास्पद बनाउने, तिनीहरूको साखलाई तेजोवध गर्ने र नागरिकका नजरमा राज्यका ती महत्त्वपूर्ण निकायप्रति अविश्वास पैदा गर्ने शृंखलाबद्ध कार्य भइआएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

यस क्रममा संविधानसभा समेत अपवाद रहेको थिएन । त्यसको अहं मर्यादा र भूमिकालाई निस्तेज गर्ने प्रहारको कुनै सीमा रहेन । यसै क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियोजित आक्रमणको सिकार बन्यो । लगत्तै पछाडि सर्वोच्च अदालत निशानाको केन्द्र बन्यो । नेपाल प्रहरी अर्को तारो बन्यो । संसद् निर्वाचनताका निर्वाचन आयोगलाई निशाना बनाइयो । यी निकायमा विवादास्पद व्यक्तिहरू नियुक्ति गर्ने र त्यसपछि ती निकायमाथि असीमित प्रहार गर्ने र अन्ततः नागरिकहरूमा अविश्वासको निर्माण गर्ने खेलहरू असीमित रूपमा हुन थाले । 


Advertisment
NMB BANK
Saurya island

यो क्रम अहिले पनि  यथावत छ । राज्यका हरेक निकाय यस ध्वंसात्मक प्रवृत्तिका शिकार बनेका छन् । राज्यका निकायमा खराब र भ्रष्ट व्यक्तिहरूको प्रवेश हुन सक्तछ । र त्यस्ता व्यक्तिहरू आलोचनाका पात्र पनि हुनुपर्छ । तर देखिएको प्रवृत्तिले के देखाउँछ भने लक्ष्य व्यक्तिलाई देखाएर संस्थालाई समाप्त गर्नु रहेको देखिन्छ । यसमा नेपालको स्वतन्त्रताविरोधी घुसपैठिया तत्त्व, भ्रष्ट तत्त्व, माफिया तत्त्व र अराजकत तत्त्वको संलग्नता रहेको देखिन्छ ।

आफ्ना अवाञ्छित उद्देश्यहरू पूरा गर्न यस्ता तत्त्वहरू राज्यका अपरिहार्य तत्त्वमाथि हदैसम्म निकृष्ट आक्षेप लगाउने गर्दछन् । अवाञ्छित चित्रहरू प्रकाशित गर्ने संस्थाको बदनाम गर्ने र झूटो तरंग सिर्जना गर्ने गर्दछन् । 

Vianet communication
Maruti inside

यसैक्रममा यता पछिल्लो समयमा राष्ट्रपतिलाई जोडेर र नजोडिकन पनि नेपाली सेनामाथि प्रहार शुरू भएको देख्न सकिन्छ । राष्ट्रको आर्थिक अवस्था, विकास र सामाजिक–राजनीतिक परिदृश्यभित्र नै सेना पनि विद्यमान रहेको छ । यसमा पनि समस्या होलान् र यो पनि संक्रमणको प्रभावबाट मुक्त छैन । यद्यपि एउटा निर्विवाद तथ्य के हो भने नेपाली सेना नेपालको निरन्तर इतिहास कायम रहेको सबैभन्दा पुरानो संस्था हो । यसको अस्तित्वसँग प्रत्यक्ष रूपमा नेपालको राष्ट्रिय स्वतन्त्रता गाँसिएको छ । नेपालको सार्वभौमसत्ताको रक्षा गर्ने निकाय पनि नेपाली सेना हो । 

नेपाली सेनामाथि प्रहार गर्दा खासगरी (१) सेनाले खरिद गरेका हतियार र उपकरणमा विवाद सिर्जना गर्ने, (२) सेनाले कल्याणकारी कोषबाट सैनिक परिवारलाई प्राप्त हुने कल्याणकारी योजनामा विवाद सिर्जना गर्ने, र (३) कल्याणकारी कोषको वित्तीय व्यवस्थापको कार्य गर्दा विवाद सिर्जना गर्ने कार्यहरू मूलतः षड्यन्त्रका केन्द्रविन्दु रहेका छन् । 

लगभग ३०० वर्ष लामो व्यावसायिक इतिहास भएको सेनाको विगत गौरवपूर्ण छ । दोस्रो विश्वयुद्ध र पहिलो विश्वयुद्धमा नेपालको तर्फबाट औपचारिक ढंगले युद्धमा सरिक नभएपनि, पहिलो विश्वयुद्धमा जर्मनी र इटलीका विरुद्ध नेपाली सेनाले बेलायतलाई सहयोग गरेको थियो र २४ हजार सेनाले तत्कालीन ब्रिटिश–भारतको सिमाना सुरक्षित गरेको थियो । वर्तमान विश्व व्यवस्थाको निर्माणमा नेपाली सेनाको भूमिका रहेको छ । अझ वर्तमान आन्तरिक द्वन्द्वबाट प्रभावित विश्वमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति कायम गर्ने कार्यमा नेपाली सेनाको अद्वितीय भूमिका रहेको छ । 

तर विगत केही वर्षयता यसको व्यावसायिकता, साख र मर्यादामा आँच आउने गरी विवादहरू सिर्जना गर्ने प्रयास भएका छन् । व्यावसायिक, प्राविधिक र राष्ट्रिय विकासप्रति सरोकार रहको निकाय भएकै कारणले राष्ट्रिय गौरवका संरचना निर्माणमा यसको भूमिका रहेको छ । भारतमा कश्मीर र लद्दाख जस्ता जटिल भौगोलिक स्थानमा सडक निर्माणमा भारतीय सेनाले नेतृत्व गरेको थियो । चीनमा जनसेनाले निर्माणमा भूमिका खेलिरहेकै छ । सोभियत संघमा लालसेनाको यस्ता निर्माणमा अत्यन्त ठूलो भूमिका थियो । सेनाले संरचना निर्माणमा आफूलाई संलग्न गर्ने कुरा नौलो होइन । यस्तो अवस्थामा नेपाली सेना फास्ट ट्र्याक र केरुङ जोड्ने सडक निर्माणमा संलग्न हुने कुरा विवादमा ल्याउने कार्य कुनै पनि अर्थमा जायज होइन । यो राष्ट्रिय हितविरोधी तत्त्वको षड्यन्त्र हो भनी अनुमान गर्न सकिन्छ ।

नेपाली सेनामाथि प्रहार गर्दा खासगरी (१) सेनाले खरिद गरेका हतियार र उपकरणमा विवाद सिर्जना गर्ने, (२) सेनाले कल्याणकारी कोषबाट सैनिक परिवारलाई प्राप्त हुने कल्याणकारी योजनामा विवाद सिर्जना गर्ने, र (३) कल्याणकारी कोषको वित्तीय व्यवस्थापको कार्य गर्दा विवाद सिर्जना गर्ने कार्यहरू मूलतः षड्यन्त्रका केन्द्रविन्दु रहेका छन् । 

यी कुनै पनि विषयमा विवाद गर्ने कारण छैन । राष्ट्रको सुरक्षा गर्ने निकायले आफूलाई आवश्यक हतियार र उपकरणहरूको व्यवस्था गर्नु स्वाभाविकै हो । फौजी निकाय कठोर अनुशासन अन्तर्गत सञ्चालित हुन्छ । उसका सबै गतिविधि र कार्यविधिहरू ‘कानून, नियम र मार्ग निर्देशिकाद्वारा’ निर्देशित हुन्छन् । हरेक गतिविधि तह–तहका निर्णयबाट निष्कर्षमा पुग्दछन् । गाउँघरमा व्यापारीले बाख्रा किनेजस्तो होइन यो । हतियार खरिद गर्दा खास किसिमका सम्झौता र अन्तर्राष्ट्रिय कानूनले पनि निर्देशित गर्दछन् । यी सबै कुरा थाह भएकै कुरा हुन् । तर किन अनावश्यक चर्चाका ‘हाइप’ सिर्जना गरिएको होला ? यसका पछाडि कुनै न कुनै नियत लुकेको छ ।

सेनाको निर्माण कार्यको संलग्नतालाई पटकपटक गरिएको छ । सेनाको सञ्चालनमा प्रभावकारी युद्ध रणनीति, उत्साहप्रद नेतृत्व, कुशल इन्जिनीयरिङ र चुस्त सिग्नल प्रणालीको समायोजन रहन्छ । सेनाले सडक निर्माण गर्दै पुलहरू निर्माण गर्दै, पुल निर्माण जस्ता कार्य सेनाका व्यावसायिकताभित्रका प्राथमिक कार्य हुन् । यी कुराहरूको विरोध गर्नु भनेको सेनाको व्यावसायिकताको विरोध गर्नु हो । जसले यस्ता वाहियात अफवाहको प्रचार गरिरहेको छ, त्यसले यो सामान्य कुरा नबुझी विरोध गरिरहेको छैन । जानाजानी बुझेर सेनालाई तरंगको विषयवस्तु बनाइरहेको छ । यस्तो कार्य राष्ट्रिय सुरक्षाको विपरीत राष्ट्रघाती काम हुन्छ । 

अत्यन्त निम्न स्तरमा सेना वित्तीय र व्यापारिक काममा संलग्न भएको कुरा पनि चर्चामा ल्याइएका छन् । सबैलाई थाह भएको कुरा हो, हरेक संस्थाले आफ्ना सदस्यको हितमा वित्तीय कारोबार र योजनाहरू सञ्चालन गर्दछ । कल्याणकारी कोष सेनाको ‘सेनासम्बन्धी कार्य गर्ने’ संस्था होइन । यो सैनिकहरूको सेवा र सामाजिक सुरक्षाको काम गर्ने स्वायत्त संस्था हो । त्यस्तो संस्थाले आफ्ना सदस्यहरूको भलाइका लागि आवास निर्माण गर्ने कार्य कुन कानून र नैतिकता विपरीत हुन्छ ? यससम्बन्धी अफवाह आम जनतालाई भ्रमित तुल्याउने नियोजित कार्य हो भन्न सकिन्छ । 

नेपाली सेनाको संख्या घटाउनुपर्ने बहस समेत यदाकदा उठाइएका छन् । यसका पछाडिको नियत नेपाली सेनाको अन्तर्राष्ट्रिय शान्ति निर्माण प्रक्रियालाई कमजोर बनाउने उद्देश्य हो भन्ने देख्न सकिन्छ । सानो सेनाले राष्ट्रको सुरक्षा गर्न सक्तैन । नेपाली सेना नै अहिले राष्ट्रिय एकता र अखण्डताविरुद्धका षड्यन्त्रमा दह्रोसँग उभिएको वा पराजित गर्न नसकिने संस्था हो । अतः उसको सुरक्षा सक्षमतालाई कमजोर पार्ने खेल राष्ट्रविरोधी तत्त्वले काहीँ न काहीँबाट खेलिरहेको छ । अनावश्यक भेटिङको हैरानी, अन्तर्राष्ट्रिय संस्थाहरूमा सेनाको मानवअधिकार विरोधी छवि निर्माण गर्ने प्रयास, शान्तिसेनामा नेपाली सेनालाई विवादास्पद बनाउने प्रयासमा केही व्यक्तिहरू निरन्तर लागिरहेका छन् । विगत एक दशकमा यस सम्बन्धमा धेरै कुराहरू अवाञ्छित ढंगबाट उठाइएका छन् । 

संविधानप्रतिको आस्था नै जनताप्रतिको आस्था हो । सेनालाई तटस्थ रहन दिनु राजनीतिको कर्तव्य हो ।

एउटा देशभक्त नागरिकले सेनाको संरक्षणमा अग्रपंक्तिमा उभिनुपर्ने दायित्व हुन्छ । उसको वैयक्तिक र राष्ट्रिय स्वतन्त्रता सेनाको कर्ममा निहित रहेको हुन्छ । अतः यस संस्था र यसका सदस्यहरूको मनोबल उच्च बनाइराख्नु प्रत्येक नागरिकको कर्तव्य हो । अतः सेनालाई विवादमा ल्याउने तथ्यहीन प्रचारबाजी राष्ट्रियता र राष्ट्रिय सुरक्षा प्रतिकूल कार्य हुन जान्छ । यस तथ्यलाई हेक्का राख्दा नेपाली सेनाको साखलाई विवादित बनाउने पछिल्ला दिनमा देखिएका कतिपय प्रचारबाजीहरू नियोजित ढंगबाट प्रायोजित देखिन्छन् । 

यस संस्थालाई निकम्मा बनाइदिने हो भने नेपाली राज्ययन्त्र थला बस्ने अवस्था छ । यसको दृढ व्यवहारबाट राज्यको सुरक्षालाई अभिनिश्चित गरेर नै राज्यका अरू निकायलाई सशक्त बनाउँदै लान सकिन्छ । सेनाले अवलम्बन गरेको राजनीतिक तटस्थता अर्को महत्त्वपूर्ण कुरा हो । तर यसलाई राजनीतिमा लतार्ने प्रयास पनि नभएका छैनन् । कतिपय नेताले सेनालाई मधेशविरोधी भनी लल्कार्ने काम गरिरहेका पनि छन् । तर सेना नै मधेशमा गरीब जनताको स्वास्थ्य सेवा सञ्चालित गरिरहेको छ । ऊ मधेशमा गरीबका लागि सुविधासम्पन्न स्कूलको कुरा गरिरहेको छ । यसबाट सेना जातीयता र क्षेत्रीयताबाट निरपेक्ष छ भनी देख्न सकिन्छ । सेनाको यही कार्य कतिपय विदेशी संस्थालाई पाच्य छैन । 

अर्कातिर सेनालाई राजतन्त्र समर्थक र राजतन्त्रविरोधीका रूपमा प्रस्तुत गर्ने प्रचारबाजी पनि नभएको छैन । तर सेनाको आस्था संविधानमाथि रहेको देखिन्छ । संविधानप्रतिको आस्था नै जनताप्रतिको आस्था हो । सेनालाई तटस्थ रहन दिनु राजनीतिको कर्तव्य हो । यस परिप्रेक्ष्यमा सेनाप्रति पूर्वाग्रह निर्माण गर्ने सबै खाले तत्त्वप्रति सबै जनता सचेत रहनु आवश्यक देखिन्छ । अन्यथा सर्वोच्च अदालतले भोगेको नियति भोग्नुपर्ने अवस्था हुन्छ । 
 

TATA Below
NLIC
fman
बैशाख ४, २०७९

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यतिखेर  ढाका टोपी ढल्काउँदै निर्वाचन प्रचार-प्रसारमा व्यस्त छन् । दुलाहा जस्तो कतै अवीरवरण त कतै फूलमालाको ओइरो लागेको छ। लिम्बूको छोरो भएर होला मान्छे पनि कमल थापाभन्दा धेर...

बैशाख १३, २०७९

१९ औं शताब्दीमा अन्य देशमा लुई पास्चर, माइकल फराडे, अल्फ्रेड नोबेलजस्ता महान वैज्ञानिक जन्मिँदा १७ औं शताब्दीबाट शुरू भएको गोर्खा साम्राज्य किन पुरातन युगमै बाँच्न बाध्य भयो ? हाम्रोमा त्यस्ता महान वैज्ञानिकहरू नै ज...

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

बैशाख ११, २०७९

टाठाबाठाहरूले लोकतन्त्रलाई सरल स्वरूपलाई जटिल बनाइरहेका छन् । त्यसो गर्दा नै लोकतन्त्रका लाभहरू आफ्ना पोल्टामा पार्न सकिन्छ । वास्तवमा यो जटिल बनाइनुपर्ने विषय नै होइन, यो निकै सरल विषय हो । राष्ट्र सबै नागरिकक...

बैशाख १०, २०७९

कोहलपुरबाट नेपालगञ्ज बजार पुग्दै गर्दा जब ६ लेनको फराकिलो सडकमा आँखा पुग्छन्, धेरैलाई लाग्न सक्छ- वाह, यस्तो पो विकास ! १६ किलोमिटर कोहलपुर-नेपालगञ्ज यात्रा कुनै समृद्ध मुलुकको हाइवेभन्दा कम छैन ।  ...

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x