१९ असार २०८३, शुक्रबार

कमल थापाको परिचय थपियो, अब गीतकार पनि

फागुन ११, २०७५
कमल थापाको परिचय थपियो, अब गीतकार पनि

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापाको परिचय थपिएको छ । उनी गीतकारको रुपमा पनि आएका छन् । 
कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ को आज लोकार्पण भएको छ । 

राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन भएको हो ।

 गीतिसंग्रहको शीर्ष गीतको रुपमा रहेको 'जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग' बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भइ आज सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्