२७ असार २०८३, शनिबार

'६० घण्टा पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका अभिनन्दनमाथि मानसिक उत्पीडन'

फागुन १९, २०७५
'६० घण्टा पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका अभिनन्दनमाथि मानसिक उत्पीडन'

काठमाडौं– भारतीय वायुसेवाका कमाण्डर अभिनन्दन बर्धमान भारत फर्केसँगै अस्पतालमा भर्ना भएका छन् । वायुसेनामा पठाउनुअघि उनलाई सामान्य बनाउने कोशिश स्वरुप अस्पतालमा भर्ना गरिएको हो । 
३५ वर्षीय अभिनन्दनलाई शुक्रबार राति पहिले एयर फार्स सेन्ट्रल मेडिकलमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यहाँ शारीरिक र मानसिक अवस्थाको जाँच भएको थियो ।

त्यसपछि उनलाई रिसर्च एन्ड रेन्फरल अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ उनलाई रक्षामन्त्री निर्मला सीतारमणले भेटेका छन् । सरकारी सुत्रका अनुसार पाकिस्तानी सेनाको नियन्त्रणमा रहदाँ अभिनन्दनले मानसिक उत्पीडनको सामना गर्नु परेको बीबीसी हिन्दीले जनाएको छ ।  तर, त्यो प्रताडित गर्ने खालको थिएन ।

अभिनन्दनलाई भारत फिर्ता गर्नुअघि एउटा भिडियो बनाइएको थियो । उक्त भिडियोलाई पाकिस्तानको प्रोपोगाण्डा भएको बतायइको छ । उनी ६० घण्टा पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका थिए । उनी सवार लडाकु विमान पाकिस्तानी सेनाले सीमा रेखा नजिकै खसालेको थियो र उनलाई नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्