
काठमाडौं – एक भारतीय पनडुब्बी पाकिस्तानी जलक्षेत्रमा सोमवार घुस्न खोजेको पाकिस्तानी जलसेनाले पत्ता लगाएर त्यसलाई असफल बनाएको जलसेनाका प्रवक्ताले मंगलवार बताएका छन् । भारत र पाकिस्तानबीच जारी तनावलाई बढाउने गरी भारतले नियन्त्रण रेखा पार गरेको एक हप्तापछि यो घटना भएको हो ।
‘पाकिस्तानी जलसेनाले आफ्नो विशेष क्षमता प्रयोग गरेर पनडुब्बीलाई भगायो र पाकिस्तानी जलक्षेत्रमा घुस्न रोके,’ प्रवक्ताले एक वक्तव्य जारी गर्दै भने ।
सन् २०१६ पछि पाकिस्तानी जलसेनाले आफ्नो क्षेत्रमा भारतीय पनडुब्बी प्रवेश गर्न खोजेको पत्ता लगाएको यो दोस्रो अवसर हो ।
यस घटनाबाट पाठ सिकेर भारतले शान्तिका लागि काम गर्नुपर्ने वक्तव्यमा उल्लिखित छ ।
डन डट्कमबाट