१७ असार २०८३, बुधबार

चीनले साढे ७ प्रतिशत बढायो रक्षा बजेट

फागुन २२, २०७५
चीनले साढे ७ प्रतिशत बढायो रक्षा बजेट

काठमाडौं – अमेरिकापछि रक्षा क्षेत्रमा सबभन्दा बढी खर्च गर्ने चीनले मंगलवार यस वर्षको रक्षा बजेट साढे ७ प्रतिशतले बढाएर १७७.६१ अर्ब डलर पुर्‍याउने घोषणा गरेको छ । 

चीनको संसद् नेसनल पिपुल्स कंग्रेसको वार्षिक सत्रको पहिलो दिन मंगलवार पेश गरिएको बजेटको मस्यौदा अनुसार सन् २०१९ को रक्षा बजेट ११ सय ९० अर्ब युआन हुनेछ । 

सन् २०१६ देखि चीनले रक्षा बजेटमा १० भन्दा कम प्रतिशतको अंकवृद्धि गरिरहेको छ । 

हालैका वर्षमा चीनले सेनामा ठूला सुधारहरू गरिरहेको छ । यसअन्तर्गत उसले अन्य देशमा आफ्नो प्रभाव बढाउनका लागि जलसेना र वायुसेनालाई प्राथमिकता दिँदै तिनको विस्तार गरेको छ । 

त्यसबाहेक उसले पिपुल्स लिबरेसन आर्मीका सैनिकहरूमा पनि तीन लाखसम्मको कटौती गरेको छ । यसका बावजूद २० लाख सैनिकका साथ पीएलए अहिले पनि संसारको सबभन्दा ठूलो सेना हो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्