१६ असार २०८३, मंगलबार

गाजामा झडप : १ जनाको मृत्यु, ४२ घाइते

फागुन २५, २०७५
गाजामा झडप : १ जनाको मृत्यु, ४२ घाइते

गाजा– इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरू ४२ जना घाइते भएका छन् । 

शुक्रवार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली प्रहार गरेका थिए । 

गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको छ । गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल क्वेद्राले जानकारी दिए । 

उनले इजरायली सुरक्षाकर्मीको गोली लागेर घाइते भएका ४२ जनामध्ये दुई जना महिला, १५ जना बालबालिका, चार जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि रहेको बताए ।  

इजरायल–गाजा सीमा क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि हरेक सप्ताहान्तमा प्रदर्शन र झडप हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्