०२ असार २०८३, मंगलबार

गण्डकी प्रदेशमा विकासको जागरण शुरू भइसक्यो : मुख्यमन्त्री गुरुङ

फागुन २८, २०७५
गण्डकी प्रदेशमा विकासको जागरण शुरू भइसक्यो : मुख्यमन्त्री गुरुङ

पोखरा- पोखरा महानगरपालिकाको अर्मलामा होमस्टे शुरू गरिएको छ । महानगरपालिकाको वडा नं १६ अर्मला कोटमा सञ्चालनमा आएको होमस्टेको मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्धाटन गरेका छन् ।

होमस्टेको उद्धाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा विकासको जागरण शुरू भएको बताए । गण्डकी प्रदेशले होमस्टे सञ्चालन गरेका स्थानहरूमा पुग्दा स्वर्गमा पुगेर टहलिएको अनुभूति हुने गरेको उनले बताए । ‘होमस्टेले स्वर्गमा टहलिएको प्रत्याभूतिसँगै गरीबी निवारण र स्वरोजगार बढाउन सहयोग पुर्‍याएको छ,’ मुख्यमन्त्री गुरुङले भने, 'आफ्नो थाकथलोमामा बसेर स्वरोजगार बन्दा गाउँनै गुल्जार मात्र बनेको छैन, गाउँ छोडेर विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई गाँउ सम्झेर बाडुल्की लाग्न थालेको छ ।’

मुख्यमन्त्री गुरुङले प्रदेशभित्र प्रकृतिले दिएका अनुपम सुन्दर सम्पदालाई आर्थिक समृद्धितर्फ लगाएर त्यसको अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानहरूमा ३ सय होमस्टे सञ्चालन गर्ने योजना बनाएको बताउँदै हालसम्म २ सय ३८ होमस्टे सञ्चालनको अवस्थामा पुगेको उल्लेख गरे । ‘सरकारको छनोटमा परेका होमस्टेका लागि १० लाखका दरले बजेट विनियोजित गरिसकेको छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘होमस्टे सञ्चालनको स्वीकृति पाएकालाई पहिलो किस्ता बापत ४ लाखका दरले रकम उपलब्ध गराइएको छ ।' 

मुख्यमन्त्री गुरुङले अर्मलामा स्थापना गरिएको ‘खेपना प्रतिष्ठान’द्वारा १ करोडको लागतमा निर्मित ‘खेपना स्मृती बहुउद्देश्यीय सामुदायिक तथा सांस्कृतिक भवनको समेत उद्घाटन गरेका थिए । उक्त भवनमा होमस्टे सञ्चालन हुने छ । पहिलो चरणमा करीब १ दर्जन पाहुनाहरू बस्न मिल्ने गरी सो भवनबाटै होमस्टे शुरू गरिएको छ भने गाउँका अन्य ५ घरमा समेत होमस्टे सञ्चालनमा आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्