१२ असार २०८३, शुक्रबार

सैनिक शिविरमा आक्रमण हुँदा ८ को मृत्यु

चैत ३, २०७५
सैनिक शिविरमा आक्रमण हुँदा ८ को मृत्यु

माली– बन्दूकधारी एक समूहद्वारा मालीको सैनिक शिबरमा आक्रमण गर्दा कम्तिमा आठ जना सैनिक अधिकारीको मृत्यु भएको यहाँका सुरक्षाकर्मीले पुष्टि गरेका छन् । झडपपछि पनि केही सैनिक सम्पर्क बाहिर रहेका र केही घाइते भएका बताइएको छ । 
सम्पर्कमा नआएका सैनिकहरू पनि मारिएको हुनसक्ने आशङ्का गरिएपनि कति सैनिक सम्पर्कमा नआएका र कति घाइते भएका भन्ने प्रष्ट विवरण प्राप्त हुन सकेको छैन । सेनाले आक्रमणबाट ठूलो क्षति भएको बताएको छ । 
सेनाले दिएको जानकारी अनुसार, “आक्रमणकारी कार र मोटरसाइकलमा एक्कासी आई मोप्ती क्षेत्रको दिउरा सैनिक शिबिरमा आइतबार विहानै धावा बोलेका थिए, जसमा कैयौँ सैनिक मारिएका छन् वा सम्पर्कभन्दा बाहिर रहेका छन् ।” 
सैनिक स्रोतले घटनामा आठ जनाको मृत्यु भएका जनाएको छ तर स्थानीय प्रत्यक्षदर्शीले भने मृतक सैनिकको सङ्ख्या १५ भन्दा बढी रहेको बताइएका छन् । 
मालीमा राष्ट्रसंघको शान्ति अभियान अन्तर्गत ठूलो सङ्ख्यामा फ्रान्स तथा अन्य अन्य मुलुकबाट शान्ति सेना तैनाद गरिएको भएपनि शान्तिको प्रयासले अपेक्षित सफलता पाउन सकेको छैन । सन् २०१८ मा मात्र मालीमा २३७ पटक आक्रमण भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्