११ असार २०८३, बिहीबार

पुलवामा हमलापछि पाकिस्तानमाथि मिसाइल आक्रमणको तयारीमा थियो भारत ?

पुलवामा हमलापछि पाकिस्तानमाथि मिसाइल आक्रमणको तयारीमा थियो भारत ?

नयाँदिल्ली– पाकिस्तानले भारतीय वायु सेनाका पाइलट अभिनन्दन बर्धमानलाई बन्दी बनाएको दुई दिनपछि रिहा गर्नुका पछाडि गम्भीर कारण रहेको दाबी भारतीय पक्षले गरेको छ ।  भारतले आफ्ना पाइलटलाई नछाडे पाकिस्तानले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको दैनिक जागरणले उल्लेख गरेको छ । 

भारतले अभिनन्दनलाई छिटो रिहा नगरे पाकिस्तानमाथि मिसाइल हमला गर्ने तयारी गरेको थियो । भारतले ६ वटा मिसाइल खसाल्ने चेतावनी दिएको थियो । पाकिस्तानमाथि कारवाहीका लागि भारतले नौसेनाले आफ्नो परमाणु पन्डुब्बीको अरब सागरमा तैनाथ राखेको थियो । 

नयाँदिल्ली, इस्लामाबाद र वाशिंटनमा रासायनिक तथा सरकारी स्रोतका अनुसार पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले मिसाइल आक्रमणको चेतावनी दिइरहँदा पाकिस्तानले पनि मिसाइल खसाल्ने तयारी गरेको थियो । दुई देशबीच परमाणु हतियारबाट युद्ध हुने स्थिती पैदा भएपछि अमेरिका, चीन र बेलायतका सरकारी निकायबीच बेचैनी बढेको र अमेरिका विदेशमन्त्री माइक पोम्पेयोले भारत र पाकिस्तानका बीचमा तनाव कम गर्न लगातार प्रयास गरेको बताइन्छ । 

भारतीय र पाकिस्तानी सुरक्षा सल्लाहकार र अधिकारीहरुसँग लगातार सम्पर्कमा रहेर गम्भीर परिस्थितीलाई रोक्न उनी सफल भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्