०६ असार २०८३, शनिबार

मुख्यमन्त्रीको शपथ ग्रहण राति पौने दुई बजे

मुख्यमन्त्रीको शपथ ग्रहण राति पौने दुई बजे

काठमाडौं– भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधनपछि विधानसभाका सभामुख प्रमोद सावंतले मंगलबार राति पौने २ बजे राजभवनमा मुख्यमन्त्रीको शपथ लिएका छन् । सावंतसँगै ११ जनाले शपथ लिएका छन् । महाराष्ट्रवादी गोमांतक पार्टीका विधायक सुधिन धवलिकर, गोवा फर्वार्ड पार्टीका अध्यक्ष एवं विधायक विजय सरदेसाईले पनि शपथ लिए । 

बीबीसी हिन्दीका अनुसार उनीहरुलाई उपमुख्यमन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ । सोमबार मनोहर पर्रिकरको अन्तिम संस्कार गरिएको थियो । शपथ ग्रहण गर्नुअघि पत्रकारसँग प्रमोदले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

कमेन्ट गर्नुहोस्