
काठमाडौं – गोवा विधानसभामा कांग्रेसले सबैभन्दा बढी सीट ल्याएको भए पनि गभर्नर मृदुला सिन्हासमक्ष उसले आफ्ना जम्मा तीनजना विधायक प्रस्तुत गर्न सक्यो । उता भाजपाले सत्तामा दाबी गर्दै सबै २१ विधायक प्रस्तुत गरेको सडक तथा राजमार्ग नितिन गडकरीले बताएका छन् ।
भाजपा अध्यक्ष अमित शाहले मनोहर पर्रिकरको मृत्युपछि गडकरीलाई तत्कालै गोवा पठाएका थिए र उनले भाजपालाई फेरि सत्तामा लैजान प्रमुख भूमिका खेले । आफ्नो दलसँग कम विधायक भए पनि उनले कांग्रेसलाई सत्ताबाहिर राख्न पर्दापछाडि बसेर भूमिका निर्वाह गरे ।
‘हाम्रा १२ मात्र विधायक थिए अनि कांग्रस पनि १४ मा झरेको थियो । त्यसैले हामीलाई अन्य दल र स्वतन्त्र विधायकको समर्थन आवश्यक थियो । अहिले मन्त्रालय बाँडफाँडको काम भइसकेको छ र यो सरकारले राम्रो कामलाई अगाडि बढाउनेमा म विश्वस्त छु,’ गडकरीले बताए ।
भाजपा नेता र साना दलबीचको विस्तृत छलफलपछि सत्तारोहणको बाटो खुलेको थियो । राजनीतिक तरलता कायम रहँदा साना दलको बार्गेनिङ शक्ति बढेको थियो । एउटा मात्र क्षेत्रीय दलले अर्कोतिर बफादारिता देखाएको भए सरकार गठन गर्न निकै गाह्रो हुन्थ्यो ।
भाजपाका सबै विधेयक र अन्य दलले पनि प्रमोद सावन्तलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि सत्तारोहण झनै सहज भएको हो ।
एजेन्सी