०३ असार २०८३, बुधबार

सिंगापुर एयरलाइन्समा बमको हल्ला चलेपछि गराइयो आपतकालीन अवतरण

सिंगापुर एयरलाइन्समा बमको हल्ला चलेपछि गराइयो आपतकालीन अवतरण

काठमाडौं – सिंगापुर एयरलाइन्सको एक उडानमा मंगलवार बमको हल्ला चलेपछि यात्रीहरू त्रस्त भएका छन् र विमानको आपतकालीन अवतरण गराइएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार, सिंगापुरबाट मुम्बई जाने फ्लाइट स्थानीय समयअनुसार साढे ११ बजेतिर एयरलाइन्स उड्नेबित्तिकै एउटा फोन कल आयो । 

फोन गर्ने मानिसले विमानमा बम भएको दाबी गरे । फोनकल आएलगत्तै पाइलटले बमको धम्की आएको अलर्ट जारी गरे । त्यसपछि एसक्यू फ्लाइट ४२३ लाई सिंगापुरको वायुसेनाले चांगी विमानस्थलमा सुरक्षित रूपमा फर्कायो । 

अनुसन्धान टोलीले विमानस्थल पुगेर विमानको तलाशी लियो तर कुनै विस्फोटक सामग्री फेला पारेन । प्रहरीले कल गर्ने मानिसलाई पत्ता लगाउन खोजिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्