०३ असार २०८३, बुधबार

कजाखस्तानमा हेलिकप्टर दुर्घटना, १३ जना सैनिकको मृत्यु

कजाखस्तानमा हेलिकप्टर दुर्घटना, १३ जना सैनिकको मृत्यु

अल्माटी– कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । 

एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ । 

गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्