कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रचारित सपनामध्ये ‘रेलमार्ग’ पनि एक हो । ओलीले आफ्ना विभिन्न भाषणमा रेलको प्रसंग कोट्याउने गर्छन् ।
रेल सपनालाई यतिधेरै प्रचार गरिएको छ कि मानौं ओली प्रधानमन्त्री रहने आगामी ४ वर्षभित्र नेपालका पूर्वपश्चिम र उत्तरदक्षिण रेल चल्नेछन् । राजनीतिक स्थायित्वको नारासहित वर्तमान सरकार बनेकाले ओली प्रधानमन्त्रीबाट नहट्ने विश्वास समेत गरिन्छ ।
ओलीको शासनकालमा रेलमार्ग कहाँ–कहाँ निर्माण होला त ? भाषणमा जेसुकै भन्ने गरिएपनि आगामी ५ वर्षभित्र नेपालभर रेलमार्ग १ सय १२ किलोमिटर मात्रै हुने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको पन्धौं पञ्चवर्षीय योजना २०६७/७७–२०८०/०८१ आधार–पत्रको मस्यौदामा रेलमार्ग निर्माणको लक्ष्य १ सय १२ किलोमिटर मात्रै राखिएको छ । मस्यौदा अनुसार हालसम्म नेपालमा ४२ किलोमिटर रेलमार्ग निर्माण भएको छ ।
आधार–पत्रको मस्यौदामा आगामी पञ्चवर्षीय योजना कार्यान्वयन भइसक्दासम्म पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण भई सञ्चालन भएको हुने अपेक्षित उपलब्धी निर्धारण गरिएको छ । ‘निर्माणाधीन विराटनगर–कटहरी, जयनगर–जनकपुर–बर्दिबास, बथनाहा–विराटनगर–कटहरी, जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा, नेपालगञ्जरोड–नेपालगञ्ज रेलमार्गको निर्माण भई रेलसेवा सञ्चालन भएको हुनेछ,’ आधार–पत्रको मस्यौदामा लेखिएको छ, ‘वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तथा लगानीको प्रारुप तयार भएको हुनेछ । काठमाडौं उपत्यकाभित्र ७२ किलोमिटर मेट्रो रेल निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार भएको हुनेछ ।’
आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने पन्धौं पञ्चवर्षीय योजना ओली सरकार रहँदासम्म कार्यान्वयनमै चरणमा रहने छ । आधारपत्र अनुसार ५ वर्षभित्र तराईमा मात्रै रेलमार्ग निर्माण हुनेछ भने पहाडी भूभागमा रेलमार्ग निर्माणको भौतिक प्रगति हुने छैन । पहाडी र उत्तरी क्षेत्रमा सम्भाव्यता अध्ययन, कागजी प्रक्रिया र विस्तृत आयोजना प्रतिवेदन निर्माणमै पन्धौं पञ्चवर्षीय योजना केन्द्रित हुनेछ ।
आधार–पत्रको राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकमा राष्ट्रिय लोकमार्ग कालोपत्रे हाल ६ हजार ९ सय ७९ किलोमिटर रहेकोमा २०८१ सम्म १५ हजार किलोमिटर निर्माण भएको हुने लक्ष्य लिइएको छ । उक्त अवधिमा द्रूतमार्ग ७६ किलोमिटर निर्माण हुनेछ ।
रेलमार्ग निर्माणको साँघुरो लक्ष्य लिएको आधार–पत्रको मस्यौदालाई अन्तिम रुप दिन काठमाडौं बुधवारदेखि २ दिनसम्म छलफल हुँदैछ । छलफलमा राष्ट्रिय विकास परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सहभागिता जनाएका छन् । आधार–पत्रले अन्तिम रुप पाएपछि आगामी आर्थिक वर्षबाट नयाँ पञ्चवर्षीय योजना कार्यान्वयनमा जानेछ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...