×

NMB BANK
NIC ASIA

भृकुटीमण्डप भित्रका व्यापारीको व्यवसाय नवीकरण

चैत २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपभित्र त्रिपालमुनि सञ्चालनमा रहेका मध्यम व्यापारीको व्यवसाय नवीकरण थालेको छ । कामपा वडा नं २८ ले काठमाडौँ निम्न व्यापारी सङ्घसँगको सहकार्यमा उक्त कार्यको थालनी गरेको हो ।   

Muktinath Bank

कामपामा करका परिवर्तित दर, कर सङ्कलनको क्षेत्र, कर प्रशासन, करदाता र सेवा प्रदायकका दायित्व तथा जिम्मेवारीका विषयमा छलफल भएपछि उक्त काम थालेको कामपाको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस क्षेत्रको बहाल कर लिँदा व्यापारीले समाज कल्याण परिषद्मा बहाल बुझाएको नगदी रसिदमा उल्लेख भएको रकमलाई आधार लिइन्छ भने व्यवसाय करतर्फ व्यवसायको प्रकृतिका आधारमा आर्थिक ऐनमा उल्लेख भएबमोजिमको रकम लिइन्छ ।


Advertisment
Nabil box
Kumari

भृकुटीमण्डपभित्रको चाइना मार्केटका नामले जनसाधारणमा परिचित नीलो त्रिपालमुनि भएका ७३२ वटा व्यवसाय वडामा दर्ता छन् । वडासचिव सुशील कुँवरका अनुसार यीमध्ये गएको आर्थिक वर्षमा ५८२ व्यापारीले व्यवसाय नवीकरण गराएका थिए । जसमा व्यवसाय करतर्फ करीब रु नौ लाख १४ हजार र बहाल करतर्फ करीब रु पाँच लाख लाख ८६ हजार गरी करीब १५ लाख राजस्व सङ्कलन भएको थियो । 

Vianet communication
Laxmi Bank

भृकुटीमण्डपको नीलो त्रिपालमुनि तयारी कपडा, जुत्ता चप्पल, भाँडाकुँडा, झोलालगायतका घरायसी सामान पाइन्छन् । यसबाहेक खाजा पसल तथा रेष्टुरेन्ट गरी करीब १०० वटा अन्य व्यवसाय र सङ्घसंस्था छन् । त्रिपालमुनि चलेकाबाहेक अन्य व्यवसायको तथ्याङ्क सङ्कलन भइरहेको जनाउँदै वडासचिव कुँवरले सबै व्यवसायीलाई करको दायरामा ल्याउने बताउनुभयो । 

यसबाहेक त्यस क्षेत्रमा भएका सङ्घसंस्थाले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुर संस्था दर्ता नवीकरण सिफारिश गर्ने समयमा लिने गरिएको छ । छलफलका क्रममा काठमाडौँ निम्न व्यापारी सङ्घका महासचिव लीलानाथ दाहालले कर तिरेपछि खानेपानी र फोहर व्यवस्थापनको जिम्मेवारी महानगरले बहन गर्नुपर्ने माग राख्नुभएको थियो 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x