काठमाडौं- गायक हेमन्त शर्माले नयाँ गीत 'गंगा जी' सार्वजनिक गरेका छन् ।
हेमन्तको यस गीत शुक्रवार 'भाइव एण्ड वेव' च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
'गंगा जी' बोलको गीतलाई गायक शर्माले स्वर, शब्द तथा संगीत दिएका छन् ।
श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् ।
गीतको भिडियोलाई भने राहुल शाहले निर्देशन गरेका छन् । गीतमा राहुल र अलिसाको गज्जबको फिचरिङ देख्न सकिन्छ ।
हेमन्तले यसअघि 'बरिखा' बोलको गीत बजारमा ल्याएका थिए ।
भिडियो हेर्नुहोस् :