
काठमाडौं – इन्डोनेसियाले भारतसँग कूटनीतिक सम्बन्ध कायम राखेको ७० वर्ष पूरा भएको उपलक्ष्यमा मंगलवार रामायणको थिममा विशेष हुलाक टिकट जारी गरेको छ ।
पोस्ट स्ट्याम्पको डिजाइन इन्डोनेसियाका मूर्तिकार बपक न्योमन नुआर्तोले गरेका हुन् । टिकटमा जटायुले सीतालाई बचाउन बहादुरीका साथ लडेको रामायणको घटना चित्रित छ ।
हुलाक टिकट जारी गर्ने समारोहमा भारतका राजदूत प्रदीप कुमार रावत र इन्डोनेसियाका परराष्ट्र राज्यमन्त्री अब्दुर्रहमान मोहम्मद फकीरले भाग लिए ।
एजेन्सी