बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौं – विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीसँग असुल्नुपर्ने रकम २ अर्ब रुपैयाँ नाघेको छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएका विभिन्न हवाई सेवा प्रदायक कम्पनीसहित सरकारी निकायको बक्यौता रकम २ अर्ब रुपैयाँ नाघेको हो ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार फागुन मसान्तसम्म प्राधिकरणले असुल गर्नुपर्ने रकम २ अर्ब ४२ करोड ८ लाख २२ हजार ९ सय ६८ रुपैयाँ पुगेको छ ।
प्राधिकरणको विमानस्थल कार्यालयले विमानस्थल सेवा शुल्क नियमावली–२०६७ अनुसार विभिन्न शीर्षकमा शुल्क लिँदै आएको छ । प्राधिकरणको विमानस्थल कार्यालयले हवाई सेवा तथा विमानस्थल परिसरभित्र विभिन्न कारोबार गरिरहेका संस्थाबाट शुल्क लिँदै आएको छ ।
विनियमावली अनुसार लिइने शुल्क हवाई सेवा प्रदायक कम्पनीबाट विमानस्थल कार्यालय विकास शुल्क, ल्यान्डिङ तथा पार्किङ शुल्क लिइन्छ । हवाई परिवहन, सुरक्षा शुल्क, काउन्टर तथा कार्यालय सञ्चालन खर्च, होडिङ बोर्ड लगायतका शुल्क समेत विमानस्थलले लिँदै आएको छ । विमानस्थल परिसरभित्र सञ्चालनमा रहेका पसल तथा अन्य व्यावसायिक फर्मबाट समेत प्राधिकरणले विभिन्न शीर्षकमा शुल्क लिने गरेको छ ।
विभिन्न शीर्षकमा लिइँदै आएको रकम गत फागुन मसान्तसम्मको बक्यौता २ अर्ब ४२ करोड रुपैयाँ बढी पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
कसको बक्यौता कति ?
प्राधिकरणका अनुसार स्वदेशी तथा विदेशी हवाई सेवा प्रदायक कम्पनीको बक्यौता १ अर्ब १३ करोड १ लाख ७६ हजार ४ सय ३४ रुपैयाँ रहेको छ । जसअन्तर्गत हालै बन्द रहेको भारतीय एयरलाइन्स जेट एयरको मात्रै ५ करोड ५५ लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ । नेपाल एयरलाइन्सको ३२ करोड ५६ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । हिमालय एयरलाइन्सको २१ करोड ४२ लाख १३ हजार रुपैयाँ बक्यौता बाँकी छ ।
प्राधिकरणका अनुसार एयर अरेबिया, एयर एसिया, एयर चाइना र एयर इण्डियाको मात्रै २६ करोड २ लाख ६५ हजार ९ सय ७८ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
सञ्चालनमा रहेका मात्रै विभिन्न अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक स्वदेशी तथा विदेशी अन्य कम्पनीको बक्यौता रकम १ अर्ब १३ करोड १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
घरेलुतर्फ सेवा दिइरहेका सौर्य एयरको ३ करोड ३५ लाख ७३ हजार रुपैयाँ, सिम्रिक एयरको १ करोड ७ लाख ८८ हजार बक्यौता रहेको छ । घरेलु अन्य हवाई सेवा प्रदायकको समेत बक्यौता रकम रहेको प्राधिकरणले जनाएको छ ।
सेवा नै बन्द गरिसकेका विदेशी एयरलाइन्सको करोडौं बाँकी
पछिल्लो समय सञ्चालनमै नरहेका १८ वटा विदेशी एयरलाइन्सको बक्यौता समेत बाँकी रहेको छ । प्राधिकरणका अनुसार गल्फ एयरको २ करोड २२ लाख १३ हजार रुपैयाँ बक्यौता बाँकी छ । गल्फको बक्यौता २०७१ असार मसान्तसम्मको रहेको प्राधिकरणले जनाएको छ ।
कोलोसस एयरको १ करोड ३४ लाख ४५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ । कोलोससको बक्यौता २०७४ असार मसान्तसम्मको रहेको प्राधिकरणले जनाएको छ ।
किङफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार रुपैयाँ बाँकी रहेको छ । किङफिसरको बक्यौता २०६९ असार मसान्तसम्मको हो ।
प्राधिकरणका अनुसार एयर सहारा, अस्ट्रेलियन एयरलाइन्स, बहराइन एयरलाइन्स, बर्मा एयरलाइन्स, हङकङ एक्सप्रेस, पाकिस्तान एयरलाइन्स, ओरियन्टल थाई एयरलाइन्स, सिंगोपुर एयरलाइन्स लगायतका अन्य विदेशी एयरलाइन्सको बक्यौता समेत वर्षौंदेखि बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
सरकारी कार्यालयकै बक्यौता बाँकी
नागरिक उड्ड्यन प्राधिकरणको विमानस्थल कार्यालयलाई अन्य सरकारी कार्यालयले नै बक्यौता तिरेका छैनन् । प्राधिकरणका अनुसार नेपाल आयल निगमले प्राधिकरणलाई तिर्नुपर्ने रकम ६६ लाख १४ हजार २ सय ८२ रुपैयाँ बाँकी रहेको छ । आयल निगमलाई पत्राचार भइरहेको र अग्रिम करको हिसाब मिलान हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
वैदेशिक रोजगार सूचना विभाग कार्यालय, बिमा संस्थान, अध्यागमन विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
सञ्चालनमै नरहेका ३८ निकायको वर्षौंदेखि बक्यौता
प्राधिकरणका अनुसार पछिल्लो समय सञ्चालनमै नरहेका विभिन्न व्यावसायिक फर्मको बक्यौता समेत बाँकी रहेको छ । त्यसरी बक्यौता रकम बाँकी हुनेमा नेसनल कन्सट्रक्सन लगायतका कम्पनी छन् । नेसनल कन्सट्रक्सनको २०५८ सालअघिको ९४ हजार ५ सय रुपैयाँ बक्यौता बाँकी छ ।
मनकामना निर्माण सेवाको समेत २०५८ सालअघिको बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बक्यौता बाँकी रहेका सबै संस्थालाई पटक–पटक पत्राचार गरिएपनि हालसम्म बक्यौता बाँकी रहेको जनाएको छ । लामो समयदेखि बक्यौता रहेको रकम असुल्न प्राधिकरणले कर्मकाण्डी पत्राचारबाहेक प्रभावकारी कदम चाल्न सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...