
काठमाडौं – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएको छ ।
खुला प्रतिस्पर्धाका आधारमा लिइएको परीक्षामा शर्माका आफन्त र आसपासका व्यक्तिहरू नै उत्तीर्ण भएपछि नेविसंघले त्रिवि पुगेर शर्माको कुर्सी जलाएको हो ।
साथै नेविसंघले त्रिवि सेवा आयोगको कार्यालमा तोडफोड समेत गरेको छ ।
तोडफोड र आगजनीमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकामा नेविसंघ सचिव योगेन्द्र रावल लगायत छन् ।
आयोगले लिएको परीक्षाको नतिजामा उत्तीर्ण भएका मध्ये अधिकांश अध्यक्ष शर्मा सहित पदाधिकारी र नेताका आफन्त तथा आसेपासे रहेको समाचार सार्वजनिक भएको थियो ।