०९ साउन २०८३, शनिबार

यो वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार सुरजलाई

कात्तिक २०, २०७४
यो वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार सुरजलाई
काठमाडौं, ९ चैत – पोखरामा निरन्तर रुपमा सक्रिय रहेको अक्षरयात्राले यस वर्षको 'अक्षरयात्रा प्रतिभा पुरस्कार' पोखरामा बसी साहित्यमा क्रियाशिल रहँदै आएका सुरज उपाध्यायलाई दिने भएको छ ।

अक्षरयात्रामा निरन्तर रुपमा सहभागी भइ साहित्यमा सहयोग गरेको भन्दै उनलाई पुरस्कृत गर्न लागिएको हो ।
लेखक तथा साहित्यकार उपाध्यायका तिम्रो मन फर्किएन गजल संग्रह र चिल उड्यो आकाशमा बाल कविता संग्रह प्रकाशित छन् । पछिल्लो समय उनी गजल तथा कवितामा समेत सक्रिय रहँदै आएका छन् ।

हरेक वर्ष सहयोगको मूल्यांकन गर्दै प्रदान गरिने उक्त पुरस्कार यो वर्ष चैत १९ गते शनिबार हस्तान्तरण गरिनेछ । पुरस्कारको राशी २ हजार २ सय २२ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्