३० जेठ २०८३, शनिबार

वायु सेवा निगमका अध्यक्ष खरेल अन्तरक्रिया नगरी 'भागेको' भन्दै ओसाका निवासी नेपाली आक्रोशित

वायु सेवा निगमका अध्यक्ष खरेल अन्तरक्रिया नगरी 'भागेको' भन्दै ओसाका निवासी नेपाली आक्रोशित

काठमाडौं –नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल आफूहरूसँग अन्तरक्रिया नगरी ‘भागेको’ भन्दै जापानको ओसाका निवासी नेपालीहरू आक्रोशित बनेका छन् ।

जापान भ्रमणमा रहेका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल शुक्रवार ओसाका पुगेका थिए । ओसाकामा जीएस ट्राभल र जेटिभी ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग डिनर मिटिङ तय भएको थियो ।

ओसाकास्थित दिपशीखा इण्डियन नेपाली रेस्टूरेन्टमा आयोजित कार्यक्रमबारे जानकारी पाएपछि करीब ४० जना नेपाली त्यहाँ पुगेका थिए ।

निम्तो भने जाप्निजहरूसहित केही नेपालीलाई मात्र थियो ।

जापानी समयअनुसार साँझको ६ बजे रेस्टुरेन्टमा पुगेको अध्यक्ष खरेल सहितको नेपाली टोली ८ बजे बाहिरिएको हो ।

नेपालीहरूले ओसाका उडान कहिले हुन्छ, यहाँबाट उडान नै नगर्न खोजिएको हो भन्ने जस्ता प्रश्नहरू गरेपछि खरेल नेपालीहरूसँग तर्किएका थिए ।

त्यसपछि नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री डाइरेक्टर सन्तोष पाण्डेले केही नेपालीलाई एक्लाएक्लै लगेर सम्झाउने कोशिश समेत गरेका थिए ।

नेपालीहरूले अध्यक्ष खरेलसहितको नेपाली टोलीसँग सामूहिक अन्तरक्रिया गर्ने प्रस्ताव राखे पनि उनीहरू त्यसलाई बेवास्ता गरेर बाहिरिए ।

‘हामी खरेल सरसँग अन्तरक्रिया नगरी जाँदैनौं भनेर यहीँ बसिरहेका छौं,’ एक सहभागीले लोकान्तरसँग भने, ‘हामीलाई नेपाल एयरलाइन्सको एक थाल भातमा किन्न खोजियो । हामीले आफ्नो कुरा राख्न पनि पाएनौं ।’

स्वीकृति पाइसकेको ओसाका उडान नगरी टोकियो सार्न खोजिएको भन्दै ओसाका निवासी नेपालीहरू आक्रोशित छन् ।

पढ्नुहोस्, यो पनि :

निम्तो मागेर वायु सेवाका अध्यक्ष र निर्देशक जापानमा, राष्ट्रिय ध्वजावाहकको इज्जत नै धरापमा !

salt training

कमेन्ट गर्नुहोस्